
cjs
Rgp1
Unsku
Pbu
Pes
Lnp
Rgp
pku
Sgr
Djs
sbs
Ggp
Gfs
Srbpu

Rgs
Ggd
Tsm
Bbu
nsb
Sbs
Ssm
Ksm
Pvg
Hal
Asm
Vor
Rsb
Sls
Bbbpu
Rgu
Gst
Rgu
Wsp

Mks
Syp
Rpp
Bml
bbt
Gsb
sab
Ptm
Abd
Jmb
Rmb
Pls
Jmb
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ। मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडीलाई नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो।
त्यस्तै नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइ रहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन,’ मेयर बासुदेव घिमिरे भन्नु भयो । उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने गरेको उहाँले बताउनु भयो ।
साथै नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ। दैनिक करिब दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगर पछि सबैभन्दा धेरै संक्रमित छन्।साभार कामना दैनिक
