
Anm
Gmk
Ksm
Sds
mbd
Pbu
Mbdvs
Rbs
Gisld

Rgu
Ssm
Rgs
Wsp
Ggd
Rgu
Gst
Bbu
Bbbpu
Sls
Pvg
nsb
Asm
Tsm
Sbs
Vor
Ksm
Rsb
Hal

bbt
Ptm
Syp
Gsb
Abd
Rpp
Bml
Jmb
sab
Pls
Mks
Rmb
Jmb
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर छुटेका हुन् ।
चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए ।स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि चितवन लगिएको थियो । चन्द्रबहादुर पक्राउ पर्नुअघि पार्टीको मध्यकमाण्ड इञ्चार्ज थिए ।
विप्लव समूह हिंसा त्यागेर मूलधारको राजनीतिमा आएसँगै सरकारले सबैको मुद्दा फिर्ता लिने समझदारी गरेको थियो । त्यसपछि पार्टीले थुनामा रहेका सबै कार्यकर्ताहरु नछुटेसम्म धरौटी माग भएका नेताहरु पनि ननिस्किने नीति लिँदै आएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि धरौटी बुझाएर पार्टीले नेता, कार्यकर्ताहरुलाई छुटाउन थालेको छ ।
बिहीबार पनि धरौटी बुझाएर जिल्ला कारागार, संखुवासभाबाट नेता माइला लामा थुनामुक्त भएका थिए । विप्लवले दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर नेता, कार्यकर्ता रिहाइको प्रक्रिया यथाशीघ्र टुंग्याइदिन आग्रह गरिसकेका छन् ।
विप्लवका दाइ वीरजंग रिहा भएपछि महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालगायतका केन्द्रीय नेताहरुले स्वागत गरेका थिए ।साभार अनलाइन खबर
