
Ksbus
Msbus
Rgp
Ggp
Asbus
Ksbus
Sdc
Ggp
Lnp


कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नम्बर ५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित दुई जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार गय राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस फेला परेको हो ।
त्यस्तै,उक्त लागुऔषध सहित जिप चालक जिल्ला बझाङ, बुंगल नगरपालिका –१ बस्ने २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङ, केदारस्युँ गाउँपालिका –७ बस्ने ५० वर्षीय करन धामीलाई पक्राउ गरिएको छ भने उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
