Sidha Patra शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–चीन सीमा क्षेत्रमा यस साता आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाललाई प्रारम्भिक रूपमा ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।

शनिबार रोयटर्ससँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले पुनर्निर्माणका लागि ४–५ अर्ब अमेरिकी डलर अर्थात् करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका हुन्।

उनले उक्त रकम प्रारम्भिक अनुमान मात्रै भएको र बाढी तथा पहिरोबाट भएको क्षति र नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको स्पष्ट पारे।

बाढी तथा पहिरोले सीमा क्षेत्रसहित विभिन्न जिल्लामा घर, सडक, पुल, पूर्वाधार तथा अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सरकारले उद्धार तथा राहतसँगै क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा योजनाको पहिचान गर्ने काम अघि बढाएको छ। स्रोत: रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]