शिबराज पन्थी मंगलबार, चैत्र ३१, २०७७

दाङ । गढवा गाउँपालिका वडा नं. ६ गढवाको केन्द्रबिन्दु र बजार क्षेत्र हो । तरपनि यस वडाको दुर्गम बस्ती खबरीखुटी जान गढवाबाट झण्डै डेढ घण्टा समय लाग्छ । त्यस क्षेत्रमा पुग्न गाउँपालिकाले सडकको ट्र्‍याक खोलेको भएपनि ब्यवस्थित बाटो भने छैन । झण्डै ८६ घरधुरी रहेको सो बस्तीमा गाउँपालिकाले बिजुलीको पहुँच भने पुर्‍याएको छ ।

त्यस्तै गाउँमा गाडी सजिलै पुग्न सक्ने र बर्षातको समयमा सडक नबिग्रीने गरी बाटो खन्न लागेका हौ । गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सुचिकृत हामी गाउँका सबै बेरोजगार नागरिकहरु मिलेर बाटो खन्दै नाली बनाउदै छौं–स्थानीय अगुवा भरत घर्तिले भने । प्रधानमन्त्री रोजगार कार्यक्रमले एकतिर हामीलाई रोजगार दिएको छ भने गाउँमा पुग्न बाटो पनि बन्ने भएको छ । यसर्थ पनि हामी यो कार्यक्रमको दोहोरो फाइदाबाट आकर्षित छौं–घर्तिले भने ।

नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देउखुरीको गढवा गाउँपालिकामा कार्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको हो । हालसम्म यो कार्यक्रम संचालनका लागि गाउँपालिकाका सबै वडामा गरि कुल २९ वटा योजनाहरुको प्राबिधिक स्टिमेट भएर काम अगाडी बढीरहेको रोजगार सेवा केन्द्रका संयोजक अशोक यादवले जानकारी दिए । जसमध्ये वडा नं. १ मा झण्डै ६ लाख ५० हजारका २ वटा योजनाहरु सम्पन्न भै भुक्तानी प्रक्रियामा रहेका छन् भने वडा नं. ८ कोइलाबास बजार क्षेत्रका सबै गल्लीहरुमा ढुंगा सोलीङ, स्तरोन्नती तथा कालोपत्रेको काम अगाडी बढी रहेको छ । यसैगरी वडा नं. ६ को दर्गम बस्ती खबरीखुटी पुग्ने गढवा–खबरी सडक स्तरोन्नती तथा नाली निर्माणको काम सम्पन्न भै सकेको प्रधानमन्त्री रोजगार सेवा केन्द्रले जनाएको छ । प्राबिधिक स्टिमेट भएका ८८ लाख ८७ हजारका २९ योजनाहरु मध्ये हालसम्म ४ वडा योजनाहरुको १८ लाख ३१ हजारको काम सम्पन्न भएको र अन्य योजनाहरुको काम तिब्र गतिमा अगाडी बढी रहेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै देउखुरीको गढवा गाउँपालिकामा ५४० जना महिलाहरु र ५३५ पुरुषहरु गरि कुल १ हजार ७५ जना रोजगार सेवा केन्द्रमा सुचिकृत भएको रोजगार सेवा केन्द्रले जनाएको छ । जसमध्ये वडा नं. १ बाट ३१२ जना, वडा नं. २ बाट २१ जना, वडा नं. ३ बाट २४२ जना र वडा नं. ४ बाट २१२ जनाको नाम सुचिकृत भएको छ ।

यस्तै वडा नं. ५ बाट ३३ जना, वडा नं. ६ बाट १११ जना, वडा नं. ७ बाट ८३ जना र वडा नं. ८ बाट ६१ जनाको नाम गाउँपालिकामा सुचिकृत भएको शाखा संयोजक अशोक यादवले जानकारी दिए । रोजगार सेवा केन्द्रमा सुचिकृत नागरिकहरुलाई न्यूनतम १ सय दिनको रोजगारी दिने र न्यूनतम पारिश्रमीक प्रतिब्यक्ति दैनिक ५१७ रुपैंया ज्याला उपलब्ध गराउने कार्यक्रमको नियम रहेको बताइएको छ । बेरोजगार नागरिकहरुलाई ज्यालादारी सिष्टमबाट रोजगार दिने यस कार्यक्रमको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]