
Gisld
Ksm
Rbs
mbd
Anm
Gmk
Sds
Pbu
Mbdvs

Tsm
Gst
Ksm
Pvg
Vor
nsb
Hal
Rgs
Sls
Asm
Sbs
Bbu
Ggd
Wsp
Rsb
Bbbpu
Rgu
Rgu
Ssm

Ptm
bbt
Mks
Jmb
Syp
Rpp
Bml
sab
Pls
Gsb
Jmb
Abd
Rmb
दाङ । गढवा गाउँपालिका वडा नं. ६ गढवाको केन्द्रबिन्दु र बजार क्षेत्र हो । तरपनि यस वडाको दुर्गम बस्ती खबरीखुटी जान गढवाबाट झण्डै डेढ घण्टा समय लाग्छ । त्यस क्षेत्रमा पुग्न गाउँपालिकाले सडकको ट्र्याक खोलेको भएपनि ब्यवस्थित बाटो भने छैन । झण्डै ८६ घरधुरी रहेको सो बस्तीमा गाउँपालिकाले बिजुलीको पहुँच भने पुर्याएको छ ।
त्यस्तै गाउँमा गाडी सजिलै पुग्न सक्ने र बर्षातको समयमा सडक नबिग्रीने गरी बाटो खन्न लागेका हौ । गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सुचिकृत हामी गाउँका सबै बेरोजगार नागरिकहरु मिलेर बाटो खन्दै नाली बनाउदै छौं–स्थानीय अगुवा भरत घर्तिले भने । प्रधानमन्त्री रोजगार कार्यक्रमले एकतिर हामीलाई रोजगार दिएको छ भने गाउँमा पुग्न बाटो पनि बन्ने भएको छ । यसर्थ पनि हामी यो कार्यक्रमको दोहोरो फाइदाबाट आकर्षित छौं–घर्तिले भने ।
नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देउखुरीको गढवा गाउँपालिकामा कार्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको हो । हालसम्म यो कार्यक्रम संचालनका लागि गाउँपालिकाका सबै वडामा गरि कुल २९ वटा योजनाहरुको प्राबिधिक स्टिमेट भएर काम अगाडी बढीरहेको रोजगार सेवा केन्द्रका संयोजक अशोक यादवले जानकारी दिए । जसमध्ये वडा नं. १ मा झण्डै ६ लाख ५० हजारका २ वटा योजनाहरु सम्पन्न भै भुक्तानी प्रक्रियामा रहेका छन् भने वडा नं. ८ कोइलाबास बजार क्षेत्रका सबै गल्लीहरुमा ढुंगा सोलीङ, स्तरोन्नती तथा कालोपत्रेको काम अगाडी बढी रहेको छ । यसैगरी वडा नं. ६ को दर्गम बस्ती खबरीखुटी पुग्ने गढवा–खबरी सडक स्तरोन्नती तथा नाली निर्माणको काम सम्पन्न भै सकेको प्रधानमन्त्री रोजगार सेवा केन्द्रले जनाएको छ । प्राबिधिक स्टिमेट भएका ८८ लाख ८७ हजारका २९ योजनाहरु मध्ये हालसम्म ४ वडा योजनाहरुको १८ लाख ३१ हजारको काम सम्पन्न भएको र अन्य योजनाहरुको काम तिब्र गतिमा अगाडी बढी रहेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै देउखुरीको गढवा गाउँपालिकामा ५४० जना महिलाहरु र ५३५ पुरुषहरु गरि कुल १ हजार ७५ जना रोजगार सेवा केन्द्रमा सुचिकृत भएको रोजगार सेवा केन्द्रले जनाएको छ । जसमध्ये वडा नं. १ बाट ३१२ जना, वडा नं. २ बाट २१ जना, वडा नं. ३ बाट २४२ जना र वडा नं. ४ बाट २१२ जनाको नाम सुचिकृत भएको छ ।
यस्तै वडा नं. ५ बाट ३३ जना, वडा नं. ६ बाट १११ जना, वडा नं. ७ बाट ८३ जना र वडा नं. ८ बाट ६१ जनाको नाम गाउँपालिकामा सुचिकृत भएको शाखा संयोजक अशोक यादवले जानकारी दिए । रोजगार सेवा केन्द्रमा सुचिकृत नागरिकहरुलाई न्यूनतम १ सय दिनको रोजगारी दिने र न्यूनतम पारिश्रमीक प्रतिब्यक्ति दैनिक ५१७ रुपैंया ज्याला उपलब्ध गराउने कार्यक्रमको नियम रहेको बताइएको छ । बेरोजगार नागरिकहरुलाई ज्यालादारी सिष्टमबाट रोजगार दिने यस कार्यक्रमको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
