
Asbus
Rgp
Sdc
Ggp
Ggp
Msbus
Lnp
Ksbus
Ksbus

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरिया देखि गढवा गाउँपालिका वडा नम्बर १ बडहरा जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै छ, सोही पुल निर्माण गर्नका लागि कामदारहरुको क्याम्प साइड रहेको थियो भने कामदारहरुले मोबाईल चार्ज गर्न राखेको बेला तार सर्ट भएर आगलागी भएको हुन सक्ने साइड ओभरसियर विक्रम बस्नेत ले जानकारी दिनु भयो ।
स्थानियका अनुसार करिब दिउँसोको २:५० मिनेटमा लागेको आगो ३ घण्टा पछि नियन्त्रण आएको थियो भने आगो निभि सकेपछि दमकल आएको थियो । आगो निभाउन गएका स्थानियहरु मध्य १ जनाको ग्यास पड्किएर ग्यासको पाता करिब ५० मीटर पर उडेर गएर राप्ती गाउँपालिका ३ खुरुरिय निवासि फर्सुराम चौधारीको खुट्टामा लाग्दा भाँचिएकोले रक्तस्राव धेरै भएको कारण उनलाई उपचार गर्न लमही अस्पताल पुर्याए लगत्तै चौधरीलाई लमही अस्पतालले मृत घोषित गरेको थियो भने लेबरहरु बस्ने क्याम्प सबै जलेर नष्ट भएको हो ।
आगलागीबाट ३५ लाख बराबरको क्षेति भयको छ।
क्षेति भएको विवरण: १ पल्सर १५० cc २जेनेरेटर २ थान,३ ड्रिल मेसिन ४ थान ४ टोटल स्टेस मेसिन १ थान,५बेल्डिङ मिसिन ३ थान,६ ल्याप्टप १ थान, ७ भाइब्रेटर मेसिन १ थान,८ वाटर पम्प ३ थान, ९ नगद रु ७५०००,१० रासन १ लाख ११लत्ता कपडा १ लाख बराबरको क्षति भएको छ ।
