टेकबहादुर पुन आइतबार, फाल्गुण २५, २०७६

दाङ । लमही-गढवा सडक खण्डमा चर्को भाडादरका कारण यात्रु मारमा परिरहेका छन् । सडक पिच हुने कार्य सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका हुन् । पहिले उक्त सडक कच्चि थियो । कच्चिमा गाडीलाई मार पर्ने भन्दै लमही-गढवाको भाडा एकतर्फी पर ब्यक्ती ३५ रुपैया कायम गरियो । अहिले पिच सम्पन्न भईसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका छन् । मापदण्ड अनुसार प्रति किलोमिटर २ रुपैया ९० पैशाको दरले लमही देखि गढवा सम्मको यात्रा गर्दा २० रुपैया ३० पैशा पर्न जान्छ । लमही देखि गढवा ७ किलोमिटरको दुरीमा छ । त्यसो त लमही देखि पश्चिममा पर्ने बनघुस्री र पुर्बमा सुन्डबरी पुग्दा यात्रुले २० रुपैया नै तिर्ने गर्छन । लमही देखि बनघुस्री र सुन्डबरीको दुरीपनि ७/७ किलोमिटर नै छ । तर, गढवा पुग्न ३५ रुपैया भाडादरले स्थानिय मर्कामा त परेकै छन् । अनेत्रको तुलनामा अोहोर दोहोरको ३० रुपैया बढि तिर्छन गढवा बासी । दुरी एउटै छ, अाखिर सो सडक खण्डमा चल्ने गाडी पनि तिनै हुन् तर, भाडादरमा फरक परेपछी स्थानियले तत्काल भाडा घटाउन माग गरेका छन् । भाडा घटाएर २० रुपैया कायम गर्नुपर्ने उनिहरुको माग छ । “पहिले बाटो कच्चि थियो, कच्चिमा गाडी मारमा पर्छ भनेर ३५ रुपैया भाडादर कायम गरियो, त्यो भाडा तिर्न हामी राजी पनि भयौँ गढवा निवासी हिमा अधिकारीले भनिन्-तर बाटो पिच भईसकेपछी त भाडादरमा हेरफेर गर्नुपर्छ नि ।”नियम बिपरित यातायात समितिले चर्को शुल्क असुल गर्दापनि यसतर्फ कसैले ध्यान नदिएको यात्रुको अारोप छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले भाडा घटाउनको लागि यातायात ब्यबसायी समितिलाई तत्काल अाग्रह गर्ने बताए । जनप्रतिनिधिको हिसाबले गढवा बासी लगायत यात्रुको समस्यालाई ध्यानमा राख्दै नियम बिपरित चर्को शुल्क उठाउनमा रोक लगाउने उनको भनाई छ । यता, राप्ती सार्बजनिक यातायात ब्यबसायी समिति लमही शाखाका प्रमुख बिनोद बहादुर वलीले भाडा घटाउने बिषयमा प्रमुख कार्यालय तुलसीपुरको बैठकमा प्रस्ताब लैजाने जानकारी दिए । भरखर समितिको अधिबेशन सकिएको र पदभार ग्रहणमा ढिला भएका कारण प्रस्ताबका लागि ढिला भएको उनको भनाई छ । “पदभारको बेला सबै शाखाको छलफल हुन्छ, त्यही छलफलमा मैले भाडा घटाउने प्रस्ताब गर्छु शाखा प्रमुख वलीले भने- नियम अनुसार नै भाडादर कायम हुन्छ ।”

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]