दाङ । दाङको घोराही उपमहानगर पालिका वडा नम्बर २ चाक्लिघाटका अग्नि पिडितलाई राहत प्रदान गरिएको छ ।
शनिवार नेपाली काङ्ग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेत, क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी,पुर्व महासमिति सदस्य मधु न्यौपाने, क्षेत्रीय प्रतिनिधि मोहन गिरी, दिनेश गिरी,क्षेत्रीय सचिव चुडामणी आचार्य,घोराही उपमहानगर पालिका वडा नम्बर २ का सभापति रेवती रमण घिमिरे लगायतको टोलीले चाक्लिघाट पुगेर दाल,चामल,नुन,तेल,आलु सहयोग गरेका हुन ।
त्यस्तै राहत प्रदान गर्दै प्रदेश सभा ख का उम्मेदवार बस्नेतले सरकार पुग्न नसकेको ठाउँमा नेपाली काङ्ग्रेस पुग्ने गरेको बताउँदै जनताको सारथि भएको बताए । बर्तमान सरकार आफ्ना कार्यकर्तालाई संरक्षण गर्न र भ्रष्टाचार गर्नमै ब्यस्त भएको भन्दै समग्र देशको विकास हुनका लागि काङ्ग्रेस नेतृत्व तहमा पुग्न आवश्यक भएको बताए ।
त्यस्तै क्षेत्रीय सभापति पाण्डेले काङ्ग्रेसको सहयोगले पिडितको घाउमा मल्हम पट्टि लगाउन सहयोग पुग्ने बताए । दु:खमा परेका जनतालाई खोजी खोजी त्यहाँ पुग्ने र सक्दो सहयोग गर्ने गरेको बताए । यहि चैत्र ७ गते दिउँसो डेढ बजेको समयमा घर नजिकैको जङ्गलबाट आएको आगोले धन बहादुर ओलीको गोठ, कलि ओलीको घर, रत्न बहादुर ओलीको भान्सा घर, सुन्दर ओलीको घर र गोठ जलेर खरानी भएको थियो ।
यस्तै भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा समयमै दमकल पुग्न नसक्दा धेरै क्षति भएको पिडितहरुले बताएका छन । स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएको स्थानियले बताए । उक्त आगलागी बाट चालीस लाख बराबरको क्षति भएको दाङ्ग प्रहरी मुचुल्का तयार पारेको छ ।
घर जलि सके पछि बिस्थापित बनेका पिडित आफन्तको घरमा आश्रयलिई रहेका छन । आगलागी भएको खबर पाएपछी घोराही उपमाहानगर पालिकाले उपलब्ध गराएको खाद्यान्न लिएर वडा अध्यक्ष आएका थिए, त्यस पछि कोहि पनि नपुगेको पिडितहरुको गुनासो छ ।