
Jsbus
Pbu
Gsl
Rbs
gms
Gsbus
Ratbs
Csbus
Ddhbs
Bksbus5
dsbus
Amb
Nssbus7
Ssbus

Rsb
Hal
Asm
Rgu
Sls
Gst
Rgs
Rgu
nsb
Sbs
Ksm
Bbu
Vor
Wsp
Ssm
Ggd
Bbbpu
Pvg
Tsm

Rmb
sab
Jmb
Abd
bbt
Gsb
Jmb
Pls
Bml
Mks
Syp
Ptm
Rpp
दाङ । दाङको घोराही उपमहानगर पालिका वडा नम्बर २ चाक्लिघाटका अग्नि पिडितलाई राहत प्रदान गरिएको छ ।
शनिवार नेपाली काङ्ग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेत, क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी,पुर्व महासमिति सदस्य मधु न्यौपाने, क्षेत्रीय प्रतिनिधि मोहन गिरी, दिनेश गिरी,क्षेत्रीय सचिव चुडामणी आचार्य,घोराही उपमहानगर पालिका वडा नम्बर २ का सभापति रेवती रमण घिमिरे लगायतको टोलीले चाक्लिघाट पुगेर दाल,चामल,नुन,तेल,आलु सहयोग गरेका हुन ।
त्यस्तै राहत प्रदान गर्दै प्रदेश सभा ख का उम्मेदवार बस्नेतले सरकार पुग्न नसकेको ठाउँमा नेपाली काङ्ग्रेस पुग्ने गरेको बताउँदै जनताको सारथि भएको बताए । बर्तमान सरकार आफ्ना कार्यकर्तालाई संरक्षण गर्न र भ्रष्टाचार गर्नमै ब्यस्त भएको भन्दै समग्र देशको विकास हुनका लागि काङ्ग्रेस नेतृत्व तहमा पुग्न आवश्यक भएको बताए ।
त्यस्तै क्षेत्रीय सभापति पाण्डेले काङ्ग्रेसको सहयोगले पिडितको घाउमा मल्हम पट्टि लगाउन सहयोग पुग्ने बताए । दु:खमा परेका जनतालाई खोजी खोजी त्यहाँ पुग्ने र सक्दो सहयोग गर्ने गरेको बताए । यहि चैत्र ७ गते दिउँसो डेढ बजेको समयमा घर नजिकैको जङ्गलबाट आएको आगोले धन बहादुर ओलीको गोठ, कलि ओलीको घर, रत्न बहादुर ओलीको भान्सा घर, सुन्दर ओलीको घर र गोठ जलेर खरानी भएको थियो ।
यस्तै भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा समयमै दमकल पुग्न नसक्दा धेरै क्षति भएको पिडितहरुले बताएका छन । स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएको स्थानियले बताए । उक्त आगलागी बाट चालीस लाख बराबरको क्षति भएको दाङ्ग प्रहरी मुचुल्का तयार पारेको छ ।
घर जलि सके पछि बिस्थापित बनेका पिडित आफन्तको घरमा आश्रयलिई रहेका छन । आगलागी भएको खबर पाएपछी घोराही उपमाहानगर पालिकाले उपलब्ध गराएको खाद्यान्न लिएर वडा अध्यक्ष आएका थिए, त्यस पछि कोहि पनि नपुगेको पिडितहरुको गुनासो छ ।
