
Ksbus
Ggp
Sdc
Ksbus
Asbus
Ggp
Msbus
Rgp
Lnp

काठमाडौँ । आजको दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी । सनातन हिन्दू परम्पराअनुसार आज ‘बुवाको मुख हेर्ने पर्व’ अर्थात् पितृ औँसीका रुपमा श्रद्धा र आदरपूर्वक मनाइँदैछ।
यस विशेष दिनमा छोराछोरीहरूले आफ्ना जीवित बुवालाई मनपर्ने मीठा-मीठा परिकार,फलफूल र मिठाई खुवाउनुका साथै नयाँ वस्त्र उपहार दिएर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्राचीन परम्परा छ । बुवाबाट आशीर्वाद प्राप्त गरेमा सुख र शान्ति मिल्ने जनविश्वासका कारण,कामको सिलसिलामा घरबाट टाढा रहेका सन्तानहरु पनि आजको दिन समय निकालेर बुवाको मुख हेर्न पुग्ने गर्छन् ।
त्यस्तै,बुवा नहुने (दिवंगत भइसकेका) हरु भने आज विभिन्न पवित्र तीर्थस्थलहरुमा पुगेर पितृको नाममा श्राद्ध,तर्पण र दानपुण्य गर्ने गर्छन् ।
