Sidha Patra शुक्रबार, भाद्र २६, २०८३

दाङ । छिमेकीको घर भत्किँदा ओत लागेको भार थाम्न नसकेर राजपुर-३,भैसहवामा एक स्थानीयको भान्साघर भत्किएको छ ।

भदौ २५ गते बिहीबार बिहान ११ बजे स्थानीय राजबहादुर यादव (प्रमुख) को भान्साघर एक्कासि भत्किँदा यादव परिवारको बिचल्ली भएको हो ।

भाग्यले जोगियो ज्यानबिहीबार बिहान

राजबहादुरकी श्रीमती मायादेवी यादवले भान्साघरमा खाना पकाएर भर्खरै मात्र बाहिर निस्किएकी थिइन् । उनी बाहिर निस्किएको केही बेरमै भान्साघर भत्किएर क्षतिग्रस्त भयो । “श्रीमती खाना पकाएर बाहिर आएको एकछिनमै घर भत्कियो,भाग्यले मात्र उनी बाँचिन्, नत्र ठूलो दुर्घटना हुने थियो,” घरधनी राजबहादुरले भावुक हुँदै भने ।

छिमेकीको घरको भारले निम्त्यायो क्षतिगत

भदौ १६ गते दिउँसो स्थानीय जुरेखन यादवको घर भत्किएर राजबहादुरको भान्साघरमा ओत (टेकास) लागेको थियो । लगातारको भार र कमजोर संरचनाका कारण बिहीबार बिहान उक्त भार थाम्न नसकी भान्साघर ढलेको पीडित परिवारले जनाएको छ ।

आँगनको चुलो,आकाशको डरभान्साघर भत्किएपछि यादव परिवार अहिले खुला आकाशमुनि आँगनमा चुलो चौको गरेर खाना पकाउन बाध्य छन् । “अहिले त घाम लागेका बेला आँगनमा पकाएर खाइरहेका छौँ, तर पानी पर्यो भने खाना कहाँ पकाउने र कहाँ खाने भन्ने ठूलो समस्या छ,” राजबहादुरले आफ्नो पीडा पोखे ।

प्रहरी मुचुल्का नहुँदा राहत रोकिने डर,प्रशासनको ढिलाइप्रति गुनासो

घटना लगत्तै राजबहादुरले वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद अहिर र वडा सदस्य महेश कुमार यादवलाई बोलाएर घटनास्थलको निरीक्षण गराएका थिए । निरीक्षणपछि वडा अध्यक्ष अहिरले बेला प्रहरी चौकीलाई तत्काल घटनास्थलमा आई मुचुल्का उठाउन आग्रह गरे पनि शुक्रबार बिहान ११ बजेसम्म प्रहरी घटनास्थलमा नपुगेको पीडितको गुनासो छ ।त्यस्तै,यता वडा अध्यक्ष अहिरका अनुसार प्रहरीको आधिकारिक मुचुल्का (निरीक्षण प्रतिवेदन) प्राप्त भएपछि मात्र वडा तथा गाउँपालिकाको नियम बमोजिम पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन सकिनेछ । प्रहरी आउन ढिलाइ गर्दा राहत प्रक्रिया पनि लम्बिने देखिएपछि पीडित परिवार थप मर्कामा परेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]