
Ggp
Rgp
Lnp
Asbus
Ggp
Sdc
Ksbus
Msbus
Ksbus

काठमाडौँ । नवनियुक्त उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिए । आज मात्रै गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन् ।
त्यस्तै,उनको राजीनामासँगै रिक्त उद्योगमन्त्री पदमा साह नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री साह सुनसरी ४ बाट निर्वाचित रास्वपाका सांसद समेत हुन् ।
