
Ksbus
Lnp
Ggp
Rgp
Sdc
Msbus
Ggp
Asbus
Ksbus


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
बिहीबार आज बिहान ९:३० बजे सडक मार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट पुगेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाडौं फर्किएका छन् ।
बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन् । बाढीलगत्तै उच्चस्तरीय बैठकहरु आह्वान गरी मातहतका निकायहरुलाई आवश्यक निर्देशन दिएका उनले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै,निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन,सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो । प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन,अवरुद्ध सडक तथा पूर्वाधारहरु शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरुलाई निर्देशन समेत दिएका थिए ।
