Sidha Patra आइतबार, भाद्र ०७, २०८३

काठमाडौँ । नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले सभापति गगन थापासँग पार्टीका आन्तरिक विवादका विषयमा छलफल गर्नेबारे सल्लाह गरिरहेकाे बताएका छन् ।

आइतबार बिहान नेपाली काङ्ग्रेस बीपीका उपसभापति कर्ण मल्लसँगको भेटमा निवर्तमान सभापति देउवाले आफू पार्टीलाई एकताबद्ध बनाएर लैजाने पक्षमै रहेको बताएका थिए । देउवाको भनाइ उद्धृत गर्दै मल्लले भने,‘मैले सबै साथीहरूसँग यसबारे छलफल गरिरहेको छु । अब छिट्टै पार्टी सभापति गगन थापालाई बोलाएर यसबारे निर्णायक छलफल गर्नेछु र एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेछु ।’

त्यस्तै,भेटमा आफूले पार्टीलाई सग्लो र एक बनाएर लैजानुपर्ने सुझाव देउवालाई दिएको जानकारी दिए । देउवाको लामो समयसम्म स्वकीय सचिव बसेका मल्ल कांग्रेस डडेलधुराको सभापतिसमेत बनेका थिए । देउवा निवास चुनदेवीमा भएको भेटमा देउवाले काङ्ग्रेस वीपीसँग एकता घोषणा भएको तर, सबैलाई पार्टीमा मिलाउने विषय कहाँ पुग्यो भनेर सोधेका थिए । नेपाली काङ्ग्रेस र काङ्ग्रेस बीपीबीच गत फागुन १७ गते एकता गर्ने औपचारिक घोषणा भएको थियो । यद्यपि, प्राविधिक र साङ्गठनिक पद बाँडफाँटका केही विषय अझै टुङ्गिन बाँकी छन् ।

पार्टी समायोजनका लागि नेपाली कांग्रेसले नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा एक समिति गठन गरेको र त्यो समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी आफूलाई प्राप्त भएको मल्लले देउवालाई जानकारी गराएका थिए । ‘हाम्रो तर्फबाट साथीहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम समेत भरिसक्नुभएको छ, अब घोषणा कार्यान्वयनको पर्खाइमा छौँ,’ मल्लले भेन ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]