
pku
sbs
Rgp1
cjs
Ggp
Rgp
Djs
Gfs
Srbpu
Pes
Sgr
Unsku
Lnp
Pbu

Wsp
Bbu
Rgs
Ggd
Rgu
Hal
Ksm
Rsb
Gst
Tsm
Sls
Vor
Sbs
Bbbpu
nsb
Pvg
Rgu
Asm
Ssm

Rpp
Bml
Pls
Abd
Gsb
Rmb
Ptm
Jmb
Jmb
Mks
Syp
bbt
sab
काठमाडौं । व्यक्ति,फर्म,कम्पनी,संस्थाहरुले नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं सरकारी बाँकी रकम उठाउनका लागि संघीय सरकारले स्थानीय सरकारलाई गुहारेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं रकम नतिरेका व्यक्ति तथा संघसंस्थाहरुबाट लामो समयसम्म रकम उठाउन नसकेपछि संघीय सरकारले यसका लागि स्थानीय सरकार गुहारेको हो ।
त्यस्तै महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम बुझाउन बाँकी व्यक्ति,फर्म,कम्पनी, संस्थाहरुको लगत स्थानीय सरकारलाई पठाउँदै रकम असुल गर्न सहयोग मागेको छ ।
यस्तै महालेखा नियन्त्रक कार्यालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारको रकम नतिरेका व्यक्ति रहेका स्थानीय तहको सूचना पाटीमा नाम टाँस गरी रकम तिर्न आउन आह्वान गर्न स्थानीय सरकारसँग आग्रह गरेको छ । कार्यालयले आफ्नो वेबसाइटमा सरकारी बाँकी रकम नतिरेका व्यक्तिहरुको तीन पुस्तेसहित रकम समेत सार्वजनिक गर्दै आएको छ ।
स्थानीय सरकारले तिर्नुपर्ने रकम भएमा कट्टा हुने
यसरी नाम सार्वजनिक भएका व्यक्ति तथा फर्मलाई स्थानीय सरकारले तिर्नुपर्ने कुनै रकम भएमा समेत सो रकम कट्टी गर्न कार्यालयले स्थानीय सरकार हरुलाई आग्रह गरेको छ । त्यसरी रकम कट्टी भएको विवरण पठाइ सरकारी बाँकी रकम असुल उपर गर्न सहयोग गर्न कार्यालय प्रमुख शिवहरी कोइरालाले स्थानीय सरकार समक्ष आग्रह समेत गर्नु भएको छ ।
त्यस्तै कार्यालयले सरकारी बाँकी रकम तिर्न बाँकीको विवरणमा रहेको ठेगाना अध्यावधिक गरी अहिलेको ठेगानामा नाम राख्न सहयोग गर्न समेत कार्यालयले स्थानीय तहको सहयोग मागेको हो ।
सरकारी बाँकी रकम नबुझाउनेहरु को-को छन् ?
सरकारलाई बुझाउनु पर्ने रकम लामो समयसम्म नबुझाई सम्पर्कमा समेत नआएका व्यक्तिको तीनपुस्ते र रकम सार्वजनिक गरी रकम तिर्न आउने कार्यालयले बोलाउने गरेको छ । तर, पनि सरकारलाई तिर्नुपर्ने अर्बौं रकम बाँकी नै रहेको छ । तथ्यांक अनुसार यसरी रकम नबुझाउनेमा सरकारी कर्मचारी,सेनाका उच्च अधिकारीदेखि ठेकेदारसम्म रहेका छन् ।
क्यासिनो संचालकदेखि होटेलहरुले समेत सरकारको रकम तिर्न मानेका छैनन् । व्यापारी, डाक्टर, लेखापाल, इन्जिनियरको नाम समेत सरकारको रकम नबुझाउने सूचिमा रहेको छ । ठूलो रकम हिनामिना गर्नेमा भारतीय नागरिकहरु समेत रहेका छन् ।
क्यासिनो र होटेलको मात्र साढे १ अर्ब बढी बक्यौता
नेपालमा कुनै समय क्यासिनोको राज गरेका राकेश बाधवा र उनको टीमले चलाएको नेपाल रिक्रियसन सेन्टर प्रालिको नामबाट मात्र ७९ करोड ९६ लाख १९ हजार रुपैयाँ तिर्न बाँकी छ । यो समूहले नेपालका अधिकांश पाँचतारे होटेलमा क्यासिनो चलाएको थियो । तर, सरकारले क्यासिनो सञ्चालनलाई नियमावलीबाट नियमन गर्न थालेपछि यो समूह भाग्यो । सरकारले पटक पटक प्रयास गरेपनि यो समूहबाट रकम उठाउन सकेको छैन । होटेल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफबाट समेत सरकारले १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।
फुलबारी रिर्सोट पोखराका सञ्चालक पियुष बहादुर अमात्यको नाममा ३६ करोड ८६ लाख ४५ हजार रुपैयाँ बक्यौता रहेको छ । होटेलको नाममा रहेका अधिकांश वक्यौता त्यहाँ सञ्चालनमा रहेका क्यासिनोले नतिरेको रकम हो । क्यासिनो र होटेलबाहेक ठेकेदारहरुले सरकारको धेरै पैसा तिरेका छैनन् । खुम्बु कन्ट्रक्सन प्रालिका सञ्चालक निमा ग्याल्जेन लामा र पासाङ ग्याल्जेन लामाको नाममा मात्र ४ करोड ३० लाख सरकारी बाँकी देखिएको छ । लामा कन्ट्रक्सन प्रालिका रोशनकुमार लामाले १ करोड ३ लाख तिर्न बाँकी रहेको देखिएको छ ।
