Sidha Patra आइतबार, चैत्र १५, २०७७

दाङ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङकाे शनिवार भएकाे निर्वाचनबाट सुरज खड्का नेतृत्वकाे संयुक्त व्यवसायिक प्यानल अत्याधिक बहुमतले बिजय भएकाे छ । मत परिणाम अनुसार सुरज खड्काले ४०९ मत ल्याएर विजय हुनु भएको छ । त्यस्तै उहाँको निकटतम प्रतिद्धन्दी स्वतन्त्र व्यवसायीक प्यानलका अध्यक्ष टोपबहादुर कार्कीले १४८ मत मात्र प्राप्त गरेका छन् । यसरी खड्का २६१ भारी मतले विजय हुनु भएको हो ।

त्यसैगरी संयुक्त व्यवसायीक प्यानलकै उपाध्यक्ष प्रेमबहादुर केसीले ४५२ मत ल्याएर विजय हुनु भएको छ । त्यस्तै सोही प्यानलका सदस्यहरु चम्फा भुसाल ४४५, विक्रम पाण्डे ४४६, रोशन चौधरी ४३८, घमानसिंह रावत ४४२, कृष्णराज पौडेल ४४३ मत ल्याएर विजय हुनु भएको छ । स्वतन्त्र व्यवसायीक प्यानलका निकटतम प्रतिद्धन्दी सदस्यहरु गोमा विष्ट ८९, प्रेमबहादुर जिसी ९५ र भुमि गुरुङ ९४ मत प्राप्त गरेर चित्त बुझाएका छन् ।

यस्तै कुल ६ सय ९८ मतदाताहरु मध्ये कुल ५ सय ६८ मत खसेको थियो भने ५ मत बदर भएको निर्वाचन समितिका संयोजक टोपबहादुर झाँक्रीले जानकारी दिनु भएको छ । निर्वाचनका लागि यस अघि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पा पौडेल, उपाध्यक्ष ओमप्रकाश बुढाथोकी महासचिव पदमा उम्मेदवारी दिएका बसन्तबहादुर आचार्य (क्षेत्री) र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका युद्धबहादुर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि संयुक्त व्यवसायीक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बावुराम थापा, महासचिबमा उम्मेदवारी दिएका नारायणप्रसाद शर्मा, कोषाध्यक्षमा उम्मेदवारी दिएका श्रीधर खत्री र सचिव पदमा उम्मेदवारी दिएका भरतमणी न्यौपाने (शर्मा) निर्बिरोध निर्वाचित भईसक्नु भएको छ । मतदाताहरू लामो समयपछि मतदान गर्न पाउँदा उत्साहित भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]