
bbbpu
rmb
ksbus
Pbu
Bbbpu


काठमाडौं । सरकारी सञ्चार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार(३० असार) मा आफ्नो निर्णय सुनाउने भएको छ ।
न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ३० असारका लागि निर्णय सुनाउने मिति तोकेको हो । सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो ।
त्यस्तै,कानुन व्यवसायीहरूले बहसका क्रममा नीजि सञ्चार माध्यमहरूको अस्तित्व नामेट पार्न सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप लगाएका थिए । गत १८ चैतमा सरकारले नीजि सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो । त्यसको अर्को साता नै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत जाने निर्णय गरेको थियो ।
