दशरथ घिमिरे मंगलबार, आषाढ २३, २०८३

दाङ । डिभिजन वन कार्यालय दाङ(देउखुरी)ले उत्पादन गरेका फलफूलका बिरुवाहरु निःशुल्क रूपमा वितरण गरेको छ ।

स्थानीय तह, सामुदायिक वन, संघसंस्था तथा सर्वसाधारणलाई लक्षित गर्दै बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नर्सरीमा उत्पादन गरिएका आँप, लिची, कागती, कटहर र अम्बालगायतका फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको हो ।

यस कार्यक्रममार्फत वातावरण संरक्षणसँगै स्थानीयस्तरमा फलफूल खेती विस्तार गरी आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ । डिभिजन वन कार्यालय र गढवा सब–डिभिजन वन कार्यालयमा सञ्चालित नर्सरीबाट यस वर्ष एक वर्षे र बहुवर्षीय गरी ठूलो संख्यामा बिरुवा उत्पादन गरिएको छ । जसअनुसार एक वर्षे बिरुवा २ लाख १८ हजार ६३ र बहुवर्षीय बिरुवा ६१ हजार ३३७ उत्पादन गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै,फलफूलतर्फ १२ हजार ५९२ बिरुवा उत्पादन गरिएको छ । जसमा आँप ६ हजार ७५१, लिची २ हजार ६६०, कागती २ हजार १५०, कटहर ५३० र अम्बा ५०१ बिरुवा रहेका छन् । कार्यालयका अनुसार वितरण गरिएका बिरुवाले हरियाली विस्तार, वन क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । साथै फलफूल खेतीलाई प्रोत्साहन गर्दै स्थानीयको आम्दानी बढाउने लक्ष्य पनि लिइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]