
rmb
Pbu
bbbpu
Bbbpu
ksbus


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर –१६ स्थित सेवारखोलामा ७० मिटर लम्बाई र २० दशमलव ५ मिटर चौडाइको पुल निर्माणका लागि २०८० जेठ ३० गते एमएस रायमाझी कन्स्ट्रक्सन जेभी, काठमाडौंसँग २३ करोड २२ लाख ४३ हजार तीन सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०८३ जेठ २९ गतेभित्र पुल निर्माणको काम सकिनुपर्ने भएपनि हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको पुल सेन्टर कार्यालय नेपालगन्जले जनाएको छ ।
