
Pbu
bbbpu
ksbus
Bbbpu


दाङ । दाङका २३ वर्षीय शरद शाह, उनलाई धेरैले ‘बबाली दाइ’ भनेर चिन्छन्, आज युवा पुस्तामाझ एक उदाउँदा Hip-Hop Artist र सफल युवा उद्यमीका रूपमा परिचित छन् । तर उनको यो सफलताको कथा सजिलो भने थिएन ।
सानै उमेरमै बुबा–आमा गुमाउनुपरेको पीडाले उनको बाल्यकाल निकै कठिन बनायो । आमा-बुबाको मायाविहीन जीवनले उनलाई बारम्बार सताइरहन्थ्यो । धेरैका लागि यस्तो पीडा जीवनभरको बोझ बन्न सक्छ, तर शरदले त्यसैलाई आफ्नो सफलताको शक्ति बनाउने निर्णय गरे । एक दिन टेलिभिजनमा प्रसारण भइरहेको Rap Battle कार्यक्रम हेर्दा उनको जीवनले नयाँ मोड लियो। त्यो कार्यक्रमले उनको मनमा Hip-Hop संगीतप्रति गहिरो रुचि जगायो । त्यसपछि उनले आफ्ना भावना, पीडा र संघर्षलाई गीतमार्फत व्यक्त गर्न थाले। निरन्तर मेहनत र लगनका साथ उनले अहिलेसम्म ४० भन्दा बढी Rap Song सार्वजनिक गरिसकेका छन् ।
संगीत मात्र होइन, शरदले शिक्षालाई पनि सँगसँगै अघि बढाए। Bachelor अध्ययन गरिरहेका उनले जीविकोपार्जनका लागि रानी केक उद्योग मा Delivery Boy को रूपमा काम सुरु गरे । इमान्दारिता, मेहनत र जिम्मेवारीका साथ काम गर्दै जाँदा उनले कम्पनीको विश्वास जिते ।
समयसँगै उनको योगदान र समर्पणको कदर गर्दै उनी आज घोराहीस्थित रानी केक उद्योगका Founder को जिम्मेवारीमा पुगेका छन् । जीवनमा अभाव, पीडा र संघर्ष भए पनि हार नमान्ने हो भने सफलता अवश्य प्राप्त हुन्छ भन्ने उदाहरण हुन् शरद शाह। उनको यात्रा आज हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।
पीडालाई बहाना होइन, सफलताको आधार बनाउने नाम हो—शरद शाह ‘बबाली दाइ’।
