Sidha Patra सोमबार, आषाढ २२, २०८३

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ३,बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका १ गजकोट निवासी ४८ वर्षीय पदम चन्दको ज्यान गएको हो । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी६५ईएक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका चन्दलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक गौतम ऐरको भने धनगढीकै सीपी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

त्यस्तै,दुर्घटना गराएलगत्तै कारसहित फरार भएका चालकलाई प्रहरीले पक्रेको छ । भारतको उत्तर प्रदेश,वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई कारसहित कैलालीको गोदावरी नगरपालिका ६ लालपुरबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चालकमाथि हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]