दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजना र रिचआउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा करियर कार्यशाला संचालन गरिएको छ । किशोरकिशोरीलाई किशोर अवस्थामा सहि मार्गनिर्देशन गर्ने उदेश्यका लागि उक्त कार्यक्रम संचालन गरिएको हो ।
अहिले बिद्यालयहरुमा किताबका कुराहरु मात्र सिकाइने तर यस्ता खालका कार्यशालाले किशोरकिशोरीलाई उनिहरुको भबिष्यका लागि सहि बाटोमा मार्गनिर्देशन गर्नुका साथै भबिष्यको योजना बनाउने र उनिहरुलाई लक्ष्य सम्म पुग्न सहयोग पुग्ने सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै तालिममा सिपी नेपालबाट शैक्षिक सहयोग पाईरहेका कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत बिभिन्न बिद्यालयका ४० जना किशोरकिशोरीले सहभागिता जनाएका छन् । चार दिन सम्म संचालन हुने कार्यशालालाई हिरा निरौला र मुनमाया रावलले प्रशिक्षण दिनु हुने आयोजकले जनाएको छ ।