
Rbs
Pbu
Mbdvs
Gisld
Sds
mbd

Sls
nsb
Ggd
Bbu
Gst
Asm
Pvg
Rgu
Rgs
Bbbpu
Vor
Sbs
Rsb
Wsp
Ssm
Hal
Rgu
Tsm
Ksm

Jmb
Jmb
bbt
sab
Gsb
Bml
Pls
Abd
Ptm
Rpp
Syp
Mks
Rmb
दाङ । गढवा होटल व्यवसायी संघले गढवाको शान्तिपुरका अग्नीपिडित ३ घर परिवारलाई बुधवार पिडितहरुको गाउँमै पुगेर खाद्यान्न राहात हस्तान्तरण गरेको छ । संघका अध्यक्ष दयाराम थापा, सचिव तिलक पुन, बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेय, सहसचिव नारायण ओली,कोषाध्यक्ष दुखराम चौधरी र सदस्य कृष्णकुमार अधिकारी तथा सल्लाहकार शिबराज पन्थी लगायतको टोलीले गढवा ७ शान्तिपुरमा पुगी ६ हजार बराबरको खाद्यान्न पिडित परिवारलाई वितरण गरेको हो ।
गत फागुन १६ गतेका दिन गढवा ७ शान्तिपुर निवासी कर्णबहादुर राना, मिना राना र मनिराम रिजालको घर तथा गोठमा आगलागि भै ठूलो परिमाणमा क्षति भएको थियो । पिडित परिवारलाई हालसम्म गढवा गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी, गढवा उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र गढवा होटल ब्यवसायी संघ र सरस्वती आधारभूत बिद्यालय चन्दनपुरले राहात उपलब्ध गराइसकेको पिडितहरुले जानकारी दिए । पिडितहरुले पुर्नवासको ब्यवस्थापनका लागि गढवा गाउँपालिका,चन्दनपुर सामुदायिक वन लगायतका निकायहरुमा अनुरोध गरेका छन् ।
