
Pbu
Mbdvs
Sds
Gisld
Rbs
mbd

Sbs
nsb
Rgu
Vor
Tsm
Rsb
Bbu
Ksm
Asm
Ssm
Pvg
Rgs
Sls
Rgu
Wsp
Gst
Hal
Ggd
Bbbpu

Syp
Ptm
bbt
Bml
Mks
Jmb
Rmb
sab
Gsb
Rpp
Jmb
Abd
Pls
दाङ । साधारणतया पुस्तकालयलाई पुस्तकहरु पढ्ने थलोका रुपमा लिने आम मानिसहरुको बुझाई रहन्छ । आम बुझाईमा अनौठो लाग्न सक्छ तर देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले गढवा गाउँपालिकाका बिभिन्न ५ विद्यालयका ५५ जना किशोरीहरुलाई अनलाईन प्रविधिको जिवनउपयोगी प्रबिधिमैत्री शिक्षा दिन सुरु गरेको छ ।
सामुदायिक विद्यालयका विपन्न र सिमान्तकृत वर्ग समुदायका ५५ जना किशोरीहरुलाई अनलाईन प्रविधिको शिक्षामा निखार ल्याउने र नेतृत्व तथा क्षमता विकासमा दक्ष बनाउने उद्देश्य अनुरुप यो कार्यक्रम ल्याइएको रिड नेपालले जनाएको छ । यो अभियानमा नेपाल अधिराज्यका ९ वटा पुस्तकालयका चारसय पन्चानब्बे जना १२ देखि १६ बर्ष उमेर समूहका किशोरीहरुलाई प्रबिधिमैत्री बनाउन टेक एज गर्लस (ट्याग) परियोजनाको यो अभियान सञ्चालन गरेको रिड नेपालका चिनकाजी श्रेष्ठले बताए ।
यसैविच आइतवार देउखुरी सामुदायिक पुस्तकालयद्वारा गढवा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि प्रबिधिमैत्री जिवनउपयोगी शिक्षा सिकाईको १५ महिने टेग एज गर्लस तालिमको सुरुवात गरिएको छ । पुस्तकालयका अध्यक्ष दुखहरण यादवको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले गरेकि हुन् ।
त्यस्तै,कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले प्रबिधिको विकास संगै प्रबिधि र नेतृत्व क्षमता विकासको यस्तो कार्यक्रम गढवामा पहिलो पल्ट आएको भन्दै सबै विद्यार्थीहरुलाई चनाखो लगाव राखेर सिकाई ग्रहण गर्न आग्रह गरिन । यस्तो प्रबिधिमैत्री शिक्षाको लगानीमा स्थानीय सरकार पनि पछि नहट्ने उनले प्रतिवद्धता जनाइन् । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरवहादुर आलेमगर,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश वसेल, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव,रिड नेपालका चिनकाजी श्रेष्ठ र साजन थापा तथा पुस्तकालयका पुर्व सचिव एवं पत्रकार शिवराज पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण पुस्तकालयका वर्तमान सचिव पटवारी यादवले गरेका थिए ।
सो सिकाई अभियानमा जनता मावि गढवाबाट १५ जना, मावि चैनपुरबाट १७ जना, सरस्वती आधारभूत विद्यालय र दुर्गा आधारभूत बिद्यालयबाट ५÷५ जना तथा बालकल्याण आधारभूत विद्यालय बालाखुटीबाट १३ जना १२ बर्ष देखि १६ बर्ष सम्म उमेर समूहका ५५ जना किशोरीहरु छनोट भएको पुस्तकालयका अध्यक्ष दुखहरण यादवले जानकारी दिए । रिड नेपालको ७ लाख र पुस्तकालयको ३ लाख गरि कुल १० लाखको लागतमा १५ महिना सम्म सार्वजनिक विदाको दिन प्रबिधिमैत्री नेतृत्व विकास सम्वन्धि पठनपाठन कक्षा सञ्चालन गरिने पुस्तकालयका कार्यक्रम कोर्डिनेटर सुचना रेग्मीले जनकारी दिए । यो अभियान सुरु गर्नुअघि ७५ जनाबाट छनोट परिक्षा लिई ५५ जना किशोरीहरु छनोट भएको र ४ महिना सम्म सबैलाई पठनपाठन गराई त्यसबाट पुनः ३५ जना छनोट गरिने र ३५ जनालाई थप एड्भान्स तालिम र पठनपाठन गराईने र तेश्रो चरणमा जम्मा ५ जनालाई क्षमता मापन गरि छनोट गरेर राष्ट्रिय स्तरको कार्यक्रममा काठमाडौं लगिने रिड नेपालले जनाएको छ । रिड नेपालद्धारा स्थापित नेपालका ४४ जिल्लाका ७८ पुस्तकालयहरु मध्ये ९ वटा पुस्तकालयमा यो कार्यक्रम सञ्चालन गरिएको र ९ वटा पुस्तकालयबाट ४५ सामुदायिक विद्यालयका ५÷५ जना छनोट गरि ४५ जनालाई राष्ट्रिय स्तरको प्रबिधिमैत्री तालिम र नेत्तृत्व क्षमता विकास तालिम दिएर जिवनउपयोगी अवसर सृजना गर्ने रिड नेपालको ट्याग परियोजनाको लक्ष्य रहेको रिड नेपालका साजन थापाले जानकारी दिए ।


