
Ratbs
Rbs
Ddhbs
Nssbus7
Gsl
Pbu
Csbus
Ssbus
Jsbus
gms
dsbus
Bksbus5
Amb
Gsbus

Rgu
Hal
Rgu
Gst
Sls
Vor
Ggd
nsb
Rgs
Bbu
Sbs
Ssm
Rsb
Asm
Ksm
Wsp
Tsm
Pvg
Bbbpu

Ptm
Jmb
Rpp
Abd
Rmb
Pls
Bml
bbt
Mks
Syp
Gsb
Jmb
sab
दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिंचाई मन्त्री एनपी साउदले नैतिकताको आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने बताउनु भएको छ । प्रेस युनियन दाङले लमहीमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता साउदले ओली सरकारले मध्यावधिको निर्वाचन घोषणा गरेको, अदालतमा मुद्दा गएको, फेरि संसद पुर्नस्थापना भएको भन्दै समग्र रुपमा उक्त कार्य अलोकतान्त्रिक कदम भएको बताउनु भयो । साथै उहाँले नेकपा एमालेसंग काग्रेसकाे कुनै सहकार्य नहुने पनि बताउनु भयो ।
नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र जसपा मिलेर वैकल्पिक सरकार बनाउने विकल्प अझै बाँकी रहेको भन्दै तीन पार्टीको विचमा वर्तमान सरकारको बिरुद्धमा गठबन्धन बनाउन सकिने उहाँको धारणा थियो । साथै खण्डित जनादेश लिएर अघि बढ्न नसकिने समेत उहाँको भनाई छ ।
‘नेपाली कांग्रेस शिघ्र निर्वाचनको पक्षमा छ, एक बर्ष भित्र निर्वाचन गराएर देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी हुँदैन उहाँले भन्नु भयो । फरक प्रसङ्गमा साउदले भने यतिबेला महाधिवेशनको तयारीमा छ, भदौ सम्ममा महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व भएकोले केन्द्रिय नेताहरु आ-आफ्नो गृह जिल्लामा केन्द्रित भएको बताउनु भयो ।
