दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति कलेजको रा १ क ४३३ नंम्बरको बस तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१८ गणेशपुर निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी २९ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज कोहलपुरमा पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।