Sidha Patra बिहिबार, जेठ १४, २०८३

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

बकर ईदको अवसरमा बिहिवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा,धर्म,संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गरेका हुन् । उनले विभिन्न समुदायले मनाउने चाडपर्वहरूले सामाजिक सद्भाव, आपसी विश्वास तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । उनले त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर ईद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।

विविधताको सम्मान र सांस्कृतिक सहअस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने धारणा उनले व्यक्त गरेका हुन् । मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति, भाषिक पहिचान र धार्मिक परम्पराको जगेर्नामार्फत समृद्ध लुम्बिनी प्रदेश निर्माणमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । शुभकामना सन्देशमार्फत उनले बकर ईदको पावन अवसरले सम्पूर्ण नेपालीमा सुख,शान्ति,समृद्धि,सु–स्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि गरोस् भन्ने कामना गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]