
cjs
Lnp
Gfs
Sds
Srbpu
Rgp1
Ggp
Cps
pku
Rgp
Unsku
Rgp
Pbu
sbs
Gis
Rmb
Sgr
Pes
Djs

Ssm
Bbbpu
Rgu
Pvg
Ggd
Tsm
Sls
nsb
Wsp
Vor
Asm
Sbs
Rgs
Hal
Bbu
Rgu
Rsb
Ksm
Gst

Bml
Pls
Jmb
bbt
Syp
Abd
Gsb
Rpp
sab
Mks
Jmb
Ptm
Rmb
काठमाडौं । नेपाल मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैकामगर निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न मगर संघ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा चार उम्मेदवारलाई पराजित गर्दै रक्षबहादुर १९६ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।
महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए। निर्वाचित अध्यक्ष रक्षबहादुरका निकटतम प्रतिस्पर्धी धनबहादुर पुनमगरले १३३ मत प्राप्त गरेका निर्वाचन मण्डलले जानकारी दिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगरलाई निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षतर्फ महिलामा सीता रानामगर, खुलामा कविराज मगर र तेजबहादुर आलेमगर, सांस्कृतिकतर्फ दीपसागर मगर, मगर ढुटतर्फ हर्क आलेमगर, मगर खामतर्फ जीवनप्रवेश रोकायमगर र मगर काइकेतर्फ भीम मगर निर्वाचित भएका छन् ।
महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापामगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घामगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित भएका छन्। सचिवमा विष्णुबहादुर रानामगर, झबीन्द्र थापामगर र तारामाया थापामगर निर्वाचित भएका जनाइएको छ ।
त्यस्तै,संघको कोषाध्यक्षमा पूर्ण रानामगर र सह–कोषाध्यक्षमा गायत्री मगर निर्वाचित भएका निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिए। महाधिवेशनबाट लेखा संयोजकमा योवनकुमार रानामगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्तीमगर निर्वाचित भएका छन्।
यसैगरी,सदस्यहरुमा जुनु पुनमगर, गिरमान गाहामगर,रमेश पुनमगर,इन्द्र सारु मगर,रमेश थापामगर,महेश रानामगर,तारा रैकामगर र लक्ष्मी मगर निर्वाचित भएका छन् ।
