
Rbs
Mbdvs
Pbu
mbd
Gisld
Sds

Hal
Ksm
nsb
Bbbpu
Pvg
Rgu
Asm
Rgu
Sbs
Bbu
Tsm
Ssm
Rgs
Vor
Rsb
Sls
Wsp
Gst
Ggd

Abd
Gsb
Jmb
Mks
Ptm
sab
bbt
Bml
Jmb
Rpp
Syp
Pls
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाको आठौं गाउँ सभा सोमबारदेखि शुरु भएको छ । आठौं गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकराज केसीले साबिकका योजना र संसोधन गरेको नयाँ योजना सहित १० वटा प्रस्तावहरु सभामा पेश गर्नु भएको छ ।जस अनुसार पेश गरिएका प्रस्तावहरु निम्न रहेका छन् । योजना संशोधन तथा सुधार, गाउँ सभामा पेश गर्ने प्रस्ताव, राजपुर स्वास्थ्य चौकी एम्बुलेन्स मर्मत,करार सेवामा कार्यरत कर्मचारीको म्याद थप,भैपरी आउने पुजीगत खर्च शिर्षकको बजेट, भैपरी आउने पुजीगत खर्च शिर्षकको बजेट, धुवानी गाडी भाडा भुक्तानी, फिल्टर हस्तान्तरण,ठुला योजनाहरुको पेश्की उपलब्धको दशवटा प्रस्ताव गाउँपालिका अध्यक्ष केसीले पेश गर्नु भएको हो ।त्यस्तै सो प्रस्तावहरु पेश गर्दै अध्यक्ष केसीले कोभिडको कारण सातौं गाउँ सभाबाट पारीत भएका केही योजनाहरु सम्पन्न नभई त्यतिकै रोकिरहेकोले उक्त योजनाहरु आठौं गाउँ सभा मार्फत छलफल गरि पारित गरिने बताउनु भएको छ ।
सो गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादव कार्यपालिका सदस्य, कर्मचारी, वडा नम्बर १ देखि ७ नम्बर वडाका अध्यक्ष, सदस्य, कर्मचारीको उपस्थितिमा उद्घाटन भएको सभामा प्रस्तावित योजनाहरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै सोमबार शुरु भएको आठौं गाउँ सभा समयको अभावले सम्पन्न गर्न नसकिएकोले उद्घाटन मात्र गरिएको र पुनः आउँदो १३ गते शुक्रबार सभालाई सम्पन्न गर्ने गरि बिहान आठ बजे सभा डाकिएको गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोकाले बताउनु भयो ।
