
Pbu
Rbs
Sds
Gisld
mbd
Mbdvs

Rgu
nsb
Tsm
Hal
Ksm
Rsb
Ssm
Rgs
Vor
Bbu
Ggd
Rgu
Gst
Pvg
Bbbpu
Asm
Sbs
Sls
Wsp

Mks
sab
Rmb
Syp
Ptm
Jmb
Jmb
Rpp
Gsb
Abd
Pls
Bml
bbt
दाङ । मौसममा आएको परिवर्तन र बढ्दो खडेरी सँगै दाङको देउखुरी उपत्यकाका सामुदायिक बनहरुमा डढेलोले बिकराल रुप लिन थालेको छ।
देउखुरीको टिकुलीगढ सामुदायिक बन, जखेरा सामुदायिक बन, त्रिशक्ती सामुदायिक बन, बराहक्षेत्र सामुदायिक बन, जनता सामुदायिक बन लगायतका बनहरुमा यतिबेला डढेलोले उग्ररुप लिइरहेको छ । हुन त हरेक वर्ष गर्मीयाम सुरु भएसँगै दाङका मात्रै नभएर देशका विभिन्न सामुदायिक तथा राष्ट्रिय बनहरुमा डढेलो लाग्ने कुरो नयाँ होइन । यद्यपी यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा तारे होटेल एवं रेस्टुरेन्टमा हुने ‘सचेतता मुलक’ नाम दिइएका कार्यक्रमहरुले झिनो भुमिका सम्म निभाउन नसक्ने जखेरा सामुदायिक बन उपभोक्ता समितिका सचीव लोकमणी बन्जाडेको धारणा छ।
स्थानीय स्तरमै गएर समुदायको मनोबल बढाउँदै वन र वन्यजन्तुको संरक्षण कसरी गर्ने ? भनी सचेतना फैलाउन सके बन फडानी र डढेलो नियन्त्रण गर्नमा सहयोग पुग्ने त्रीशक्ती सामुदायिक बन उपभोक्ता समुहका सचिव बालकृष्ण चौधरीको भनाई छ । त्यस्तै यता डिभिजन बन कार्यालय देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसाद यादवले संचारमाध्यम मार्फत सुचना फैलाइरहेको र नेपाल आर्मी लगायतका सुरक्षाकर्मीहरू तैनाथ गरेर डढेलो नियन्त्रणमा लागि परेको प्रतिक्रिया दिन्छन् ।
अघिपछि सामान्य बन पैदावरमा अंकुश लगाउने बन डिभिजन कार्यलयले विभिन्न सुरक्षा फौज खटाएका छौँ भन्दा आफुहरुलाई हाँसो उठेको बराहक्षेत्र सामुदायिक बन उपभोक्ता समुहका स्थानीय रामलाल चौधरीको भनाई छ। ‘बनमा आगोको मुस्लो मात्रै देखिन्छ, बन डिभिजन कार्यालय सुतेकै हो कि उठेको? जखेरा सामुदायिक बन उपभोक्ता समुहका सल्लाहकार छविलाल केसी प्रश्न गर्छन् ।
