सोमबार, चैत्र ०९, २०७७

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]