
Asm
Ppu
Gsbus
Bpb
Rg-9
jmb
smb
Ssbus
Sys
gms
jms

Usb
Sbs
Dps
Ln7
Gg1
Ln9
Ln1
cks
Ln2
Ln8
Hl1
Rys
Asm
bml
kbs
Gg5
Ssb
Gsb
bmj
Tsb

Gg3
Gg6
Rgu
Jpb
Snk
Sab
Rss
Nps
Jab
ptl
Gjl
Sml
Sbs
Gg4
Bpb
Gg2
Ksb
दाङ । नेकपा माओवादी केन्द्र राजपुर गाउँ कमिटीले शनिबार एक कार्यक्रमको बीचमा राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाकाका अग्नि पीडितलाई ८५ हजारको राहत हस्तान्तरण गरेको छ ।
राजपुर गाउँ कमिटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाको विशेष अतिथिमा शनिबार अग्नि पीडित मन बहादुर सुनार र मनमाला सुनारको सामुह पुगेर १० फुटे ४२ वटा जस्तापाता,प्लेन पाता,काटी गरि ५५ हजार र १७ बोरा चामल,नुन तेल गरि ३० हजारको सामग्री हस्तान्तरण गरिएको नेकपा माओवादी राजपुर गाउँपालिका वडा नम्बर १ का वडा कमिटी अध्यक्ष नारायण पुन मगरले जानकारी दिनु भयो ।
सो राहत हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य थारुले यस अघि उक्त घटना स्थलमा पुगेर राहत प्रदान गर्ने निकायलाई हार्दिक धन्यवाद दिनु भएको छ । त्यस्तै उहाँले बिपदको समयमा आ-आफ्नो स्थानबाट सहयोग गर्नु नै मानवीय धर्म रहेकोले आगामी दिनमा अन्य सम्बन्धित निकायलाई सक्दो सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ ।
उक्त राहत वितरण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर १ का वडा सदस्यहरु रामबहादुर सुनार,केशमाला सुनार,गोमा अधिकारी र अन्य नेता तथा कार्यकर्ताको सहभागी रहेको थियो ।
गएको फाल्गुन १७ गते मान बहादुर सुनार र २० गते मनमाला सुनारको घर-गोठ जलेर पुरै नस्ट भएको थियो । उक्त घटना भएको खबर सो गाउँको बाल अधिकार प्राथमिक विद्यालयका प्रधानध्यापक दिलाराम यादवले सिधापत्र अनलाइनलाई जानकारी गराएपछि उक्त समाचार अनलाइन पत्रीकामा प्रकाशन भएको थियो । त्यस्तै सो समाचार प्रकाशन भएपछि,नेपाली काङ्ग्रेसले फाल्गुन २८ गते घटना स्थलमै पुगेर ५९ हजार बराबरको राहत हस्तान्तरण गरेको थियो ।
