
Lnp
Rgp1
Djs
Unsku
Rgp
Ggp
pku
Pbu
Sgr
cjs
Gfs
sbs
Pes
Srbpu

Sbs
Rgu
Hal
Gst
Ssm
Sls
Asm
Bbu
Pvg
Bbbpu
Rsb
Rgs
nsb
Vor
Rgu
Ggd
Tsm
Wsp
Ksm

Pls
Rpp
Gsb
Jmb
Syp
sab
bbt
Bml
Abd
Rmb
Ptm
Mks
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ मा सामाजिक सुरक्षा लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसन तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम आईतबार सम्पन्न भएको छ।
गढवा गाउँपालिका पञ्जीकरण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुलाई बायोमेट्रिक भेरिफिकेसन प्रक्रिया तथा राष्ट्रिय परिचयपत्रको आवश्यकताबारे जानकारी प्रदान गरिएको थियो । वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरूको सहजता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक जानकारी दिइएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष अधिकारीले सामाजिक सुरक्षा सेवा वितरणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बायोमेट्रिक प्रणाली आवश्यक रहेको बताए । उनले भने “वास्तविक लाभग्राहीसम्म सामाजिक सुरक्षा भत्ता सहज रुपमा पुगोस भन्ने उद्देश्यले बायोमेट्रिक भेरिफिकेसन प्रक्रिया लागू गरिएको हो। सेवाग्राहीहरुलाई कुनै समस्या नहोस् भनेर गाउँपालिकाले अभिमुखीकरणमार्फत आवश्यक जानकारी प्रदान गरिरहेको छ।” वडाध्यक्ष अधिकारीले राष्ट्रिय परिचयपत्रलाई राज्यको महत्वपूर्ण अभिलेखका रूपमा उल्लेख गर्दै सबै नागरिकलाई समयमै परिचयपत्र बनाउन आग्रह समेत गरे ।
गढवा गाउँपालिकाले सेवाग्राहीहरुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडामा यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
