शिवराज पन्थी सोमबार, चैत्र ०९, २०७७

दाङ । सटरको भाडा कति तिर्नु भएको छ ? गढवाका एक ब्यवसायि ओमप्रकाश बस्यालको जवाफ आयो – मासिक २० हजार मात्र तिर्नुपरेको छ । अहिले त २० हजार मात्र हो । पाँच बर्ष भित्र ४० हजार पुगाउने छन् भन्ने लागिरहेको छ । यत्रो भाडा त घोराहीमा छैन । बुटवल नेपालगंजमा पनि छैन होला जस्तो लाग्छ–गढवा बजारको दक्षिण पश्चिम चोंकमा संचालित अक्सफोर्ड मोवाईल सेण्टरका प्रोपाइटर ओमप्रकाश बस्यालले भने । यस्तै हो भने १÷२ महिना पछि पसल छोडेर खबरीखुटी तिर बाख्रा पालेर बस्नुपर्ने अवस्था आउँने छ । बाहाल कर पनि हामी ब्यवसायिले बुझाउनु पर्ने अनि सटर भाडा पनि हामीले नै । यो कहाँको नियम हो ? स्थानीय सरकारले यस बिषयमा ध्यान दिनुपर्‍यो–बस्यालले भने ।

वरिपरि कसैको पनि यत्ति धेरै भाडा छैन । यो त अचाक्ली भयो । मासिक २० हजार भाडा तिरेर के खाने, के कमाउने ? हामी ब्यवसायिहरुको हक हितका लागि बोल्ने उद्योग बाणिज्य संघले चाँसो दिनुपर्‍यो । गाउँपालिकाले बाहालमा दिएको गढवा चोकका आफ्ना ब्यवसायिक सटरधनीहरु संग पनि यत्रो भाडा लिएको छैन । मापदण्ड बिपरित भाडा असुल्ने यो अन्याय नै भएको छ– आधुनिक सुनचाँदी पसलका प्रोपाइटर बिनोद रामदामले भने । सोही घरमा साझा एग्री सप्लायर्स भर्खरै खुलेको पसल हो । उसले पनि सानो सटरको १५ हजार मासिक भाडा तिरेको बताएको छ ।

देउखुरीको गढवा बजारमा यी ३ वटा सटरहरुको बाहेक अरु कसैको पनि यत्ति चर्को भाडादर छैन । गढवा बजार चोंकको उत्तर पुर्व तर्फ ११ वटा सटर गाउँपालिकाले निर्माण गरि बाहालमा दिएको छ । तर ति सटरहरु ८ हजार देखि १२ हजार सम्म भाडामा लगाईएको गाउँपालिकाले बताउँछ । चोंकका छेवैका सटरहरु १० देखि ११ हजार मासिक भाडामा गएका छन् तर तिनवटा सटरहरु मात्र चर्को भाडामा दबिएको पाइएको छ । त्यसो त गढवाको दिनभरको ब्यापारलाई नियाल्ने हो भने १० हजार भाडा पनि अत्यधिक हो । नियमन गर्ने निकायको निश्कृयताका कारण तिर्नुपर्ने बाध्यता छ –स्थानीय ब्यवसायि मक्बुल अलि मियाले भने ।

गढवा बजारको चोंक देखि ५ सय मिटर चारैदिशाका सटरहरुको भाडामा एकरुपता छैन । त्यहि दुरी भित्र मासिक ४ हजार देखि २० हजार सम्म ब्यवसायिहरुले भाडा तिरेका छन् । उद्योग बाणिज्य संघले स्थान हेरेर भाडादर निर्धारण गर्नुपर्छ । घरधनीले मनपरि भाडा असुल्न कुनै कानूनमा लेखेको छैन,ब्यवसायिहरु प्नि आफै सजग हुनु पर्छ । जत्ति भन्यो उत्ति भाडा दिइहाल्ने यो प्रबृत्ति पनि राम्रो होइन – स्थानीय बुद्धिजिवीहरुको भनाई छ ।
गढवाका केहि घरधनीहरु बर्षमा २ पटक सम्म भाडा बृद्धि गर्छन् । बाहालकर घरधनीले तिर्नुपर्ने कानूनी ब्यवस्था छ तर ब्यापारी आफैले तिरिरहेको गढवाको वास्तविकता छ । यसरी मनपरि भाडा लिन मिल्दैन । सरोकारवालाहरुले चाँसो दिएर नियमन गर्नुपर्छ–स्थानीय ब्यवसायि युवराज आचार्यले भने ।

देउखुरीको गढवामा सटरभाडा अत्यधिक भएको भन्दै सर्बत्र बिरोध आउन थालेपछि गढवा उद्योग बाणिज्य संघको ध्यान तानिएको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले भने । हामी घरधनी र ब्यापारिहरुलाई एकै थलोमा बोलाई छलफल गराउने योजनामा छौं जसमा स्थानीय सरकारसंग पनि समन्वय गर्ने छौं–उनले भने । भाडादर नियमन गर्ने पर्छ,भाडामा लिने ब्यवसायीहरु प्नि आफै सजग हुनु पर्छ–उनले भने । यसै बिच गढवा उद्योग बाणिज्य संघले भाडादर नियमनमा चाासो दिएको छ ।

भने हालै आफ्नो कार्य क्षेत्र गढवा र राजपुरका ९ स्थानहरुमा संघको घुम्ती टोली परिचालन गरि ब्यवसायिहरुको गुनासो तथा सुझाव संकलन गरेको संघले जनाएको छ । सुझाव संकलन पछि कर कार्यालयबाट कर अधिकारीहरु, गाउँपालिका र सांसदलाई समेत आमन्त्रण गरि करका बिषयमा सचेतना कार्यशाला सम्पन्न गरेको संघले जनाएको छ । गाउँपालिका, घरधनी र हामी बसेर घरभाडा र बाहालकरको बिषयमा उठेको नजिर संबोधन हुनेगरी छलफल चलाउने छौं–संघका अध्यक्ष खिमबहादुर बुढा मगरले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]