
Pbu
Mbdvs
Sds
Rbs
mbd
Gisld

Rgs
Ggd
Hal
Sbs
Sls
Rgu
Ssm
Pvg
Ksm
nsb
Vor
Asm
Gst
Rgu
Wsp
Rsb
Bbbpu
Bbu
Tsm

Abd
Ptm
sab
Jmb
Pls
bbt
Bml
Gsb
Rpp
Jmb
Mks
Rmb
Syp
दाङ । प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले नेपालको अर्थतन्त्र बलियो बनाउन निजि क्षेत्रको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । शनिवार तुलसीपुरमा भएको तुलसीपुर चेम्बर अफ कर्मसको प्रथम साधारण सभा एवं अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
साथै उहाँले उद्योगी व्यावसायीको क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको बताउदै औद्योगिक उत्पादनका क्षेत्रमा उल्लेखनीय भुमिका रहेको बताउनु भयो । यस्तै कोरोना महामारीको समयमा चेम्वरले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । कार्यक्रममा तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले समृद्ध तुलसीपुरको नारालाई सफल पार्न निजी क्षेत्रले महत्वपुर्ण योगदान रहने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले व्यापार व्यवसाय सन्चालन गर्दा ढुक्कले लगानी गर्ने बातावरण हुनुपर्ने बताउनु भएको छ । उहाँहरुले कुनै पनि व्यापार व्यवसाय गर्दा ढुक्कको साथ लगानी गर्ने बातावरण नभएको भन्दै आफुहरुको लगानी सुरक्षित हुनु पर्नेमा जोड दिनु भएको थियो ।
आफुहरुको लगानीको सुरक्षित भए ठुला ठुला व्यवसायमा लगानी गर्न तयार भएको उहाँहरुको धारणा थियो । कर्मसका अध्यक्ष टोप बहादुर घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेता विनोद शर्मा, नेपाली काग्रेसका नेता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नम्वर ६ का वडा अध्यक्ष नवराज लामीछाने, दाङ चेम्बर अफ कर्मसका अध्यक्ष श्रीधर महरा, तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व महासचिव नेत्रलाल वली, तुलसीपुर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनक खराल लगाएतले बोल्नु भएको थियो ।
कर्मसका उपाध्यक्ष बेनु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेमप्रकाश गिरी र सचिव ऋषिराज भण्डारीले गर्न भएको थियो ।
साथै सोहि अवसरमा कोरोना माहामारीको समयमा अनवरत रुपमा सेवामा खटिएर महत्वपुर्ण योगदान गरेको भन्दै स्वास्थ्य क्षेत्रबाट दोर्ण वली, अपाङगता भएको क्षेत्रबाट रोसन गिरी ,व्यवसायीको तर्फबाट सामाजसेवी टेकराम खड्का लगाएत व्यवसायी तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।
