Sidha Patra शनिबार, चैत्र ०७, २०७७

काठमाण्डाै । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेलमुक्त भएका छन् । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनीमाथिको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेलमुक्त गरेको हो । भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको हो । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतकाे सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]