
Mbdvs
Pbu
Sds
Gisld
Rbs
mbd

Wsp
Pvg
Bbu
Rgu
Ggd
Ksm
Gst
Asm
Rgs
nsb
Bbbpu
Rgu
Ssm
Vor
Hal
Sbs
Tsm
Sls
Rsb

Gsb
Pls
Mks
Jmb
Abd
Jmb
Ptm
sab
Bml
Rmb
bbt
Syp
Rpp
दाङ । घोराही स्थित सगरमाथा सिमेन्ट उद्योग प्रभावित हरूले दिएको रिटमा शुक्रबार सुनुवाइ भएको छ । अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले विपक्षीलाई चैत्र ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
सिमेन्ट उद्योग मापदण्ड विपरित संचालन हुनु, दैनिक निष्कने धुलो, धुवा, ध्वनी प्रदूषणले नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु ,नगराउनु भनि परमादेशको आदेश पाऊ भन्दै निवेदन परेपछि अदालतले कारण देखाउ आदेश जारी गरेको हो। निवेदकले सिमेन्ट उद्योग संचालक समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक, घोराही उपमहानगर पालिकाका प्रमुखलाई विपक्षी बनाई पीडितले मुद्दा दायर गरेका थिए ।
यस अघि २०७२ भदौ ३२ गते सिमेन्ट उद्योग र स्थानीयबासी बीच सहमति भए अनुसार काम भएको भए सोही अनुसार प्रतिवेदन, दैनिक रुपमा निष्कने धुलो, धुवा, ध्वनी प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका काम कारबाहीको विवरण, वातावरण संरक्षणका लागि जिल्लामा वतावरणीय समिति गठन भएका छन् वा छैनन् , वतावरण संरक्षणका लागि हालससम्म भएका काम कारबाही र प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि वातावरण निरीक्षक नियुक्त गरिएको छ या छैन सोको सक्कल बिबरणसहित छलफलमा उपस्थित हुन समेत आदेश गरिएको छ ।
त्यस्तै उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका थिए । घोराही उपमहानगर पालिका वडा नं.३ र ५ मा पर्ने प्रालि विरुद्ध भरत देवकोटा लगायतले धुलो, धुवा, धुवानी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा रही सञ्चालन हुनुपर्ने, उद्योग सञ्चालनको क्रममा निस्कने फोहोरजन्य पदार्थको समुचित रुपमा व्यबस्थापन गर्ने गराउनु पर्ने, उद्योग क्षेत्र भित्र र वरपर रहेको वातावरण परीक्षण संयन्त्रको तत्काल व्यबस्थापन गर्नुपर्ने लगायतका माग राख्दै रिट दायर गरेका हुन् ।
त्यस्तै नियमित रुपमा वातावरण परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने, सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना सम्प्रेशन गर्नुपर्ने, स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने नागरिकको अधिकारवाट बञ्चित गर्न नहुँने भन्दै रिट दायर गरेका हुन् ।
