
Mbdvs
Pbu
Sds
mbd
Gisld
Rbs

nsb
Rgu
Ggd
Pvg
Rsb
Rgs
Asm
Bbbpu
Sls
Vor
Ksm
Wsp
Tsm
Sbs
Rgu
Ssm
Gst
Hal
Bbu

bbt
Jmb
Abd
Syp
sab
Bml
Rpp
Jmb
Mks
Pls
Gsb
Ptm
Rmb
दाङ । वडा स्तरीय महिला हिंसा निगरानी समुह तथा बाल अधिकार संरक्षण समिति गठन तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा सम्पन्न भएको छ ।
दिगो तथा मर्यदित सामाजिक आर्थिक सशक्तीकरण कार्यक्रम (सिड्स) भन्ने मुल नाराको साथमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षतामा बाल अधिकार संरक्षण समितिको लागि १३ जनाको समिति गठन भएको छ भने वडा सदस्य राधा भण्डारीको अध्यक्षतामा १३ जनाको महिला हिंसा निगरानी समुह गठन गरिएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्ष तथा वडा नम्बर ५ चंगवा टोल विकास समितिका अध्यक्ष हुर्मुत बहादुर बोहराको प्रमुख आतिथ्यता तथा स्वावलमवानका अध्यक्ष प्रदेशनी चौधरीको विशेष अतिथिमा भएको कार्यक्रममा वडा सदस्य मिना नेपाली,तारालाल चौधरी,त्रीलोचन यादव पशु शाखा जंग्रहवाका प्राविधिक दिपक राना,दिप ज्योति प्राबीका प्रअ उषा सेन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र (सिड्स) कार्यक्रम अन्तरगत वडा नम्बर ५ का सामाजिक परिचालक उमाराम यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा वडा नम्बर ४ का सामाजिक परिचालक पुर्ण बहादुर यादवले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो ।
राजपुर गाउँपालिका वडा नम्बर ५ को समन्वय र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र (सिड्स) कार्यक्रमको आयोजनामा भएको कार्यक्रमको संचालन सामाजिक परिचालक बुद्धि माया खड्का (चौधरी)ले गर्नु भएको थियो ।
