
Mbdvs
Pbu
Rbs
Sds
Gisld
mbd

Asm
Sls
Pvg
Rgs
Ssm
Wsp
Ggd
nsb
Hal
Rsb
Rgu
Ksm
Rgu
Bbu
Sbs
Vor
Bbbpu
Tsm
Gst

Jmb
Bml
Pls
Mks
Jmb
Gsb
Rpp
Abd
sab
Rmb
Syp
bbt
Ptm
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्।
कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरले गैंडाको त्रिभुज आकारको बहुमूल्य खाकसहित आज दुईजनालाई पक्राउ गरेको छ।बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक खनालको कमाण्डमा गएको टोलीले दिउँसो डेढ बजे गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो। खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर ५ का ३४ बर्षीय सुरेश सिंजाली रहेको प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनु भएको छ ।
बिगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर बन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा निज दुई जना हिडिरहेको अवस्थामा कोहलपुर ११ बाट चेकजाँच गर्ने क्रममा त्रिभुज आकारको बहुमूल्य खाग बरामद भएको हो।
चेकजाँचका क्रममा खनालको टोलीले कृष्ण पुलामी मगरको साथबाट त्रिभुज आकारको गैडाको २ थान गैंडाको खाग बरामद भएको थियो। पक्राउ परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उदेश्यका खागमा सुनको जलप टाँसेर हिडेको खनालले बताउनु भयो । उनीहरु दुवैजनाले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना रहेको बताएको प्रहरी प्रमुख डिएसपी खनालले बताउनु भयो ।
बरामद गरिएको २ थान खागलाई आबश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँके बुझाइने डिएसपी खनालले जानकारी दिनु भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहिबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको विणासहित तीन जनालाई पक्राउ गरेको थियो।
