
Ssbus
Gsbus
smb
gms
Ppu
Sys
jms

Dps
Hl1
Ln8
Asm
Rys
bml
cks
kbs
Ssb
Ln1
Ln2
Sbs
Usb
Gg5
bmj
Ln3
Gsb
Ln9
Tsb
Gg1

Jpb
Rss
Sbs
Sml
Gg4
Rgu
Bpb
Ksb
ptl
Jab
Snk
Gjl
Nps
Sab
Gg2
Gg6
Gg3
दाङ । आगलागीका घटनाबाट यसवर्ष दाङका दुई जना सहित देशभर ३ सय ३२ जना घाइते भएका छन् ।
जसमा यसवर्ष देशभर ७९ जनाको मृत्यु भएको छ । यता दाङमा भने आगलागीको घटनाबाट यसवर्ष कसैको पनि मृत्यु नभएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता मात्रै आगलागीबाट देशभर दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएको हो । आगलागीबाट एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयले गर्मी मौसम बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार वैशाख यता दाङमा ३९ वटा आगलागीका घटना भएका छन् । जसबाट २ करोड ८० लाख ३६ हजार ६ सय २० रुपैयाँको क्षति भएको केन्द्रका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभयो । यस्तै गत वर्ष १ सय ७६ वटा आगलागीका घटना हुदा ५ करोड ५१ लाख ५७ हजार २ सय ८० रुपैयाँको क्षति भएको उहाँले जानकारी दिनुएको छ ।
