
Dus
Rgp
Lnp
Ggp
ksb
Jns
lnp
Sgp
Rgp
Usb
Rgp
Lks
Asb
Rgp
Ggp

lms

काठमाडौं । पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ।
पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताएका छन् । अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।
पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ ।
