
Sds
Rbs
Mbdvs
Gisld
mbd
Pbu

Rgu
Rgu
Ggd
Tsm
Bbbpu
Ssm
Vor
Rsb
Sbs
Wsp
nsb
Ksm
Gst
Sls
Bbu
Pvg
Asm
Rgs
Hal

Bml
Rmb
Abd
Gsb
Rpp
bbt
Mks
sab
Syp
Pls
Jmb
Ptm
Jmb
दाङ । देउखुरीका अग्निपिडितहरुका लागि विभिन्न संघ संस्थाद्वारा राहत उठ्ने क्रम जारी रहेको छ ।
लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि बुधवार बिभिन्न संघसँस्था तथा ब्यक्तिहरुले राहत स्वरुप नगद तथा खाद्यान्न हस्तान्तरण गरेका छन् । पिडितका लागि आएको राहत वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले एकद्वार प्रणाली मार्फत बितरण गरेको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिनु भयो ।
बुधबार मध्यनगर टोल बिकास सँस्थाबाट नगद १० हजार २ सय ५० रुपैया, ६ सय १४ किलो खाद्यान्न,हसनापुर टोल बिकास सँस्था लमही-७ बाट नगद ११ सय ५० रुपैया, खाद्यान्न ६ सय ४० किलो लगायत भाँडाकुडा र काठ, लमही चेम्बर अफ कमर्स बाट प्राप्त १० हजार १ सय ५ रूपैया नगद हस्तान्तरण गरिएको हो ।
त्यस्तै देउराली बिजुली पसल लमहीका सञ्चालक डिल्ली खनालबाट १ सय ६० किलो खाद्यान्न, लत्ताकपडा र झुल, लमही जेसिजबाट प्राप्त ५१ हजार ६ सय ५ रूपैया नगद, छुट्की महरूवा टोल बिकास सँस्थाबाट १० हजार ७५ रूपैया, ३ सय ९५ किलो खाद्यान्न, ५ पिस गुन्द्री र प्रेम भाँडा पसल लमहीका सञ्चालक झपेन्द्र आचार्य बाट उपलब्ध १२ पिस भाँडाकुडा बुधवार हस्तान्तरण गरिएको हो । गत सोमबार बिहान तार सर्ट भई आगलागी हुँदा २५ जना बिस्थापित भएका छन् । वडा कार्यालयले सबैसँग सहयोगको याचना गरेको छ ।
