
Sds
Gisld
mbd
Rbs
Pbu
Mbdvs

Ggd
Rgs
Sls
Asm
Gst
Rsb
Vor
Rgu
Rgu
Tsm
Sbs
Hal
Ksm
Bbu
Wsp
Pvg
Ssm
Bbbpu
nsb

sab
Syp
Jmb
Ptm
Bml
Abd
Gsb
Jmb
Rpp
Pls
Mks
bbt
Rmb
दाङ । बुधवार अपरान्ह ११ बजे देउखुरीको गढवा स्थित रामपुरमा रहेको एक घरमा आगलागी भयो । आगो लागेको थाहा पाउनासाथ बिपद् प्रतिकार्यका लागि समुदाय स्तरमा बनाइएको सिबिआरटी टोलीले साइरन बजाएर माइकिङ गर्यो । एउटा टोली खतराको निशानी झल्कीने झण्डा बोकेर बस्तीमा पस्यो । यो कुरा थाहा पाएपछि गाउँलेहरु आगलागी भएको स्थानमा पुगे । स्थानीय वालकल्याण आधारभूत बिद्यालयका शिक्षक र बिद्यार्थीहरु समेत हतार पतार गर्दै घटना स्थलमा पुगे ।
घटना स्थलमा पुगेर सबै बिद्यार्थी तथा रेडक्रसकर्मी र प्रहरीले स्थानीय साधन स्रोतको माध्यमबाट आगो नियन्त्रणमा लिए । घाइते बालबालिका, जेष्ठ नागरिक अपांगता भएका नागरिक र महिलाहरुलाई टोलीले उद्धार गर्न थाल्यो । घाइतेहरुलाई अस्पतालमा पुर्याउन एम्बुलेन्स बोलाइयो भने स्थानीय स्तरमा रेडक्रसकर्मी र प्रहरीहरुबाट अस्थायी आबास राहत बितरण र प्राथमिक उपचार लगायतका कामहरु गर्न थालियो । तर यो घटना भने वास्तविक होइन् ।
नेपाल रेडक्रस दाङको इनकोर कार्यक्रमले बिद्यार्थीहरु र स्थानीय समुदायलाई दिन थालेको सचेतना सन्देशको हो । गर्मिको समयमा हावाहुरी र मानविय लापर्बाहीका कारण हुने आगलागीको जोखिम कम गर्न समुदायमा सचेतना प्रवाह गर्न रेडक्रसद्धारा कृत्रिम घटना अभ्यास गराइएको कार्यक्रमका फिल्ड अधिकृत देवि प्याकुरेलले बताउनु भयो ।
त्यस्तै गाउँघरमा आगलागी भयो भने कसरी आगो निभाउने र पिडितहरुलाई पे्ररणा तथा सहयोग गर्न के के गर्ने भन्ने बिषयमा जानकारी लिन पाइयो बालकल्याण आधारभूत बिद्यालयको कक्षा ७ का बिद्यार्थी संभलना बिकले भने । गाउँमा आगो लागेको खबर पाएर घटना स्थलमा आएका हौ, तर यो त नाटक पो रहेछ । यो अभ्यासबाट घाइते र पिडितको लागि कसरी सहयोग गर्ने ? राहात कसरी वितरण गर्ने सबै सिष्टम सिक्न पाइयो–सोही बिद्यालयको कक्षा ८ का बिद्यार्थी दुर्गा पुनले भने । त्यसो त गढवा ६ रामपुर निवासी स्थानीयबासी सकिला खातुनले केही बर्ष पहिले आफ्नो घर र सिंगो गाउँमा आगलागी भएको बेला आफु बेहोस भएको झझल्को दिए । त्यसबेला हाम्रो पुरा गाउँ नै सखाप भएको हो ।
आफ्नो घर जल्दा केहि होस पाइएन आगो लाग्यो भने कसरी नियन्त्रणमा लिने भनने कुराको आजमात्र सिकाई भयो–खातुनले भने । घटना अभ्यासमा बालकल्याण आधारभूत बिद्यालयका झण्डै ६ सय बिद्यार्थीहरु आएका थिए । भने झण्डै १ सयको हाराहारीमा स्थानीय समुदायका नागरिकहरु उपस्थित थिए । सबैले गर्मी र हावाहुरीको समयमा आगलागीबाट बच्ने र आगो लागिहालेमा कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा प्रसस्तै सिकाई भएको बताए । सोही बिद्यालयका एक छात्राले भने सर मेडमले हाम्रो बिद्यालयमा पनि यस्तै चेतना जगाउने घटना अभ्यासको कार्यक्रम राख्नु पर्छ । अब गाउँमा कतै आगो लाग्यो भने हामी पनि यसैगरी नै सहयोग गर्छौं,चुप लागेर तमासा हेर्दैनौ-सबैजसो बिद्यार्थीरुले भने ।
