दाङ । देउखुरीका अग्निपिडित हरुलाई लमही जेसिजले बुधवार राहत स्वरुप नगद ५१ हजार बढी आर्थिक सहयोग गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि नगद ५१ हजार ६ सय ५ रूपैया सहयोग गरेको हो । लमही जेसिज वर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले वडाध्यक्ष गणेशमान चौधरी र राप्ती टोल बिकाश सँस्थाका अध्यक्ष अनुप बुढा मगरलाई सँयुक्त रुपमा सो नगद राहत हस्तान्तरण गर्नु भएको छ ।
त्यस्तै ७१ जना ब्यबसायी तथा जेसिज परिवारबाट सँकलित रकम हस्तान्तरण गरिएको लमही जेसिजले जानकारी दिएको छ । लमही जेसिजका अध्यक्ष दुलामदास चौधरीको सभाध्यक्ष तथा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको प्रमुख आतिथ्यमा नगद हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले भईपरी समयमा आगो निभाउन देखि खानपिनको ब्यबस्था सँगै राहत समेत उपलब्ध गराएको प्रती धन्यबाद ज्ञापन गर्नु भयो । सधै सहयोगी भावना सहित लमही जेसिज अगाडी बढिरहेको प्रती खुसी ब्यक्त गर्दै उहाँले राहत स्वरुप उपलब्ध नगद एकद्वार प्रणाली मार्फत पिडितलाई हस्तान्तरण गरिने बताउनु भएको छ ।
यस्तै आगलागी पश्चात् अग्निपिडितलाई तत्काल खानपिनको ब्यबस्था समेत गरेको लमही जेसिजले राहत सँकलनमा पनि महत्वपुर्ण जिम्वेवारी भुमिका निर्बाह गरेको हो । घर निर्माणका क्रममा अलिकती भएपनी सहयोग मिलोस भन्दै नगद हस्तान्तरण गरिएको जेसिजका अध्यक्ष दुलमदास चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा लमही जेसिजका पुर्ब अध्यक्ष कमल जँग सिँह ठकुरी, अध्यक्ष दुलमदास चौधरी, वडाध्यक्ष गणेशमान चौधरी लगायतका बक्ताले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण लमही जेसिजका महासचिब सुन्दर केसीले गर्नु भएको थियो ।