
Rgp1
Sgr
Rgp
Pbu
Ggp
Srbpu
Lnp
Unsku
pku

Wsp
Ggd
Ssm
Rgu
Sls
Bbbpu
Sbs
Pvg
nsb
Asm
Hal
Rgs
Bbu
Gst
Tsm
Vor
Rgu
Ksm
Rsb

Rmb
sab
Abd
Jmb
Syp
Ptm
Mks
Bml
Pls
bbt
Rpp
Gsb
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले २५७० औँ बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र सहिष्णुताको मार्ग अवलम्बन गर्न सबैमा आह्वान गर्नुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा जारी शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध का उपदेशहरूलाई आत्मसात गर्न सके धार्मिक,सांस्कृतिक र सामाजिक विविधताबीच आपसी सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरेका हुन् ।
वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको त्रिसंयोगका कारण यस दिनलाई विशेष श्रद्धा र उत्साहका साथ मनाइने उल्लेख गर्दै उहाँले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मुख्यमन्त्री आचार्यले विश्व शान्तिका प्रतीक बुद्धको जन्मस्थल लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबैको साझा दायित्व रहेको बताए । उनले लुम्बिनीको समग्र विकासका लागि तयार गरिएको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको जनाउँदै उनले बुद्धका अहिंसा, सदाचार र शान्तिका शिक्षाले व्यक्ति, समाज र राष्ट्रको समग्र उन्नतिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले बुद्धका अमूल्य उपदेशहरुलाई स्मरण गर्दै सम्पूर्ण मानव समुदायमा सहिष्णुता, एकता, अहिंसा र समर्पणको भावना जागृत होस् भन्ने कामना गरेका छन् ।
