Sidha Patra आइतबार, फाल्गुण १७, २०८२

काठमाण्डौँ । मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिका कारण विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् ।

हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान पनि रद्द भएका छन् । यूएईको आबुधाबी, शारजहा, दुबई तथा कतारको दोहा, कुबेत सिटी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो दिउँसो र रातिका सबै उडान रद्द भएका हुन् ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यी विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट हुने सबै उडान रद्द गरिएका छन् । उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने विमानस्थलले जनाएको छ । यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

यस्तै उडान रद्द हुँदा मध्यपूर्वका विभिन्न क्षेत्रमा जान लागेका यात्रु विमानस्थलमा अलपत्र परेका छन् । नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]