
pku
Pbu
Pes
Djs
Unsku
Rgp1
cjs
Ggp
Rgp
Ses
Gfs
Srbpu
Lnp
Sgr

Rgu
Bbu
Vor
Wsp
Ggd
Rgs
Hal
Sbs
Ksm
Gst
Bbbpu
Rsb
Tsm
Asm
Rgu
Ssm
Sls
nsb
Pvg

Jmb
Pls
Jmb
Ptm
bbt
Abd
Rpp
Rmb
sab
Mks
Gsb
Bml
Syp
काठमाडौं । राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आज बिहान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।
यस्तै पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।
त्यस्तै उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
