
Gsl
Csbus
gms
dsbus
Pbu
Gsbus
Nssbus7
Ssbus
Amb
Ddhbs
Ratbs
Rbs
Jsbus
Bksbus5

nsb
Ksm
Rgs
Tsm
Vor
Wsp
Ggd
Sls
Rgu
Sbs
Asm
Hal
Ssm
Bbbpu
Pvg
Gst
Bbu
Rgu
Rsb

Abd
Jmb
bbt
Bml
Ptm
Gsb
Jmb
Rmb
Syp
sab
Pls
Rpp
Mks
दाङ । तुलसीपुरमा रास्वपाका कार्यकर्ताहरूले नेकपा एमालेको झण्डा जलाएका छन् । तुलसीपुरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह आउने भएपछि भेला भएका उनीहरुले अध्यक्ष केपी शर्मा वली विरुद्ध चर्को नारावाजी गर्दै तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमालेको सुर्य चिन्ह अङ्कित झण्डा जलाएका थिए ।
‘केपी चोर देश छोड, झण्डा जला, घन्टी बजा’ जस्ता नारासहित प्रदर्शन गरिएको दृश्यले वातावरण थप तनावग्रस्त बनेको थियो । झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा तीव्र रुपमा फैलिएको छ,जसका कारण जान्नेलाई छान्ने पार्टीका कार्यकर्ताको कृयाकलापले निर्वाचनको दिनसम्म के हुने हो,भन्ने त्रास फैलिएको छ । यता घटनाका सम्बन्धमा रास्वपा तुलसीपुर नगर सभापति जीवन भण्डारीलाई मोबाइल नम्बर ९८५७८२१५६१ मा सम्पर्क गरे पनि फोन उठेन ।
उता दाङ जिल्ला एमालेले उक्त घटनाप्रति आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ । एमाले दाङका सचिव श्याम डाँगीले प्रचार सामग्री खोसेर जलाउने,सार्वजनिक सवारी साधन अटोमा तोडफोड गर्ने कार्य लोकतान्त्रिक संस्कारविरुद्ध भएको भन्दै निष्पक्ष र भयरहित चुनावी वातावरणमाथि प्रश्न उठेको बताए ।
‘निर्वाचनको समय नजिक आउँदै गर्दा रास्वपाका कार्यकर्ताको यस्तो कार्यले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने कुरामा आशङ्का पैदा भएको छ । लोकतन्त्र विरोधी यस्तो कार्यले निर्वाचन शान्तिपूर्ण नभई मुठभेड तर्फ जान सक्छ । यस्तो अवस्थामा एमालेका युवाहरुलाई पनि संयमित बनाउन एमालेलाई कठिन हुनसक्छ । त्यसकारण सुरक्षा नियकायले यसतर्फ गम्भिर चासोका साथ ध्यान दिएर दोषीलाई कानुनी कठघरामा उभ्याउन आग्रह गर्दछु ।’ सचिव डाँगीले भने ।तुलसिपुर खबर
