Sidha Patra आइतबार, फाल्गुण २३, २०७७

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।
आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेको हो । संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेश गर्ने विषय र वर्तमान र पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेको थियो ।

प्रचण्ड माधव समूहका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताउनु भएको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको भनी बचाउ गर्नु भयो । त्यसपछि प्रचण्ड माधव समूहका सांसदले प्रतिनिधिसभा बैठकस्थल छाडेका थिए ।

त्यसपछि नेपाली कांग्रेसका सांसदहरुले पनि उठेर विरोध जनाए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषदको मर्ममाथि प्रहार गरेको भन्दै उक्त अध्यादेश पेश गर्न नदिने अडान लियो ।

सभामुख सापकोटाले कांग्रेसका विरोधका बाबजुद कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टममा नाराबाजी गरेका थिए ।

नाराबाजीका बीच सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे र त्यसपछि सूचना टाँस गरेर फागुन २६ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]