
Gsl
gms
Rbs
Jsbus
Ssbus
Amb
Pbu
Nssbus7
Bksbus5
Csbus
Gsbus
Ratbs
dsbus
Ddhbs

Rgu
Gst
Wsp
Asm
Bbbpu
Sbs
Rgu
Vor
Ksm
Rgs
Ssm
Ggd
Rsb
Tsm
Sls
Hal
Pvg
Bbu
nsb

Rpp
Jmb
sab
bbt
Pls
Ptm
Abd
Syp
Mks
Rmb
Gsb
Jmb
Bml
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ५३ जिल्लाका १ सय १७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरै मतपत्र छपाइ सकिएको हो । हिजो मात्रै ६ जिल्लाको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सह–प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रत्यक्षतर्फको चुनावका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ । दैनिक अहिले १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ ।
आजसम्म सबै मतपत्र छपाइ सकेर जिल्लामा पठाउने आयोगको तयारी छ । अहिलेसम्म डोल्पा, मुगु,जुम्ला,कालीकोट, हुम्ला, जाजरकोट,दैलेख, रुकुम (पश्चिम),सल्यान,सुर्खेत,बाजुरा,अछाम, बझाङ,डोटी,डडेल्धुरा,दार्चुला,बैतडी,कैलाली, कञ्चनपुर, पाँचथर, इलाम,तेह्रथुम,भोजपुर, ओखलढुङ्गा,सुनसरी, ताप्लेजुङ, सङ्खुवा सभाको मतपत्र छपाइ भएको छ ।
यस्तै सोलुखुम्बु,खोटाङ,धनकुटा,बागलुङ,गुल्मी, झापा,गोरखा, म्याग्दी,पर्वत, नवलपरासी बर्दघाट सुस्ता पश्चिम,मोरङ, उदयपुर, मुस्ताङ,लमजुङ, तनहुँ, स्याङ्जा,बर्दिया,रुकुम पूर्व,दाङ,बाँके, नवलपरासी बर्दघाट सुस्ता पूर्व,पाल्पा,अर्घाखाँची, प्युठान,रुपन्देही, रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सकिएको हो ।
