Sidha Patra शुक्रबार, फाल्गुण २१, २०७७

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन २७ गते महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि फागुन २६, २७, र २८ गते तीन दिन सम्म महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।

धामकाे स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । शिवसवरी धाम महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम मूल आयाेजक समिती गठन गरेर यस बर्ष मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएकाे समितीका अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिनु भयो ।

मेला अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने समितीका उपाध्यक्ष तथा सांस्कृितक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिनु भयो । मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चाैधरीले जानकारी दिनु भयो ।

साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]